कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

Jan 31, 2019 Merolagani



कामना सेवा विकास बैंक (KSBBL) र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बुधबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।

सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्ष्ँर गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको
छ ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।