ग्लोबल आइएमई बैंकको ऋणपत्र खुल्ला, न्युनतम २५ कित्ता आवेदन गर्न सकिने

Feb 27, 2019 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले फागुन १५ गते बुधबार देखि एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात करिब ६ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

सामूहिक लगानी कोषहरुले ३ हजार कित्ता ऋणपत्र मात्र खरिद गरेकाले अवितरित २७ हजार कित्ता कित्ता समेत कूल ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । जारी ऋणपत्रको ६० प्रतिशत बराबरको ९ लाख इकाई भने बैंकले व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।

ऋणपत्र छिटोमा फागुन १९ गते बन्द हुनेछ् भने आवश्यक आवेदन नपरेको खण्डमा चैत्र १४ गतेसम्म खुला हुने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले मेरो शेयर तथा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखाबाट सी–आस्वा प्रणाली मार्फत ऋणपत्रमा आवेदन गर्न सकिन्छ ।

लगानीकर्ताले प्रतिइकाई एक हजार रुपैयाँका दरले न्यूनतम २५ कित्ताका लागि २५ हजार रुपैयाँदेखि ७५ हजार इकाईको लागि ७ करोड ५० लाख रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

सार्वजनिक निष्काशन कूल ६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत (३० हजार कित्ता) सामूहिक लगानी कोषहरुलाई ३० हजार कित्ता छुट्याइएको थियो ।

ग्लोबल आइएमई बैंकले पाँच वर्ष अवधिको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०/८१ जारी गर्न लागेको हो । जसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रले इक्रा नेपालबाट न्यून कर्जा जोखिम जनाउने ’इक्रा एनपी एलए माइनस’ ग्रेडिङ्ग प्राप्त गरेको छ ।

बैंकले पूँजी कोष वृद्धि गर्न, बैंकको प्रबन्धपत्रमा उललेख भएको उदेश्य प्राप्त गर्न तथा सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी जुटाउनका लागि ऋणपत्र जारी गरेको जनाएको छ ।

यसअघि बैंकले २०६९ असार ३१ गते ४० करोड बराबरको ऋण्पत्र जारी गरेको थियो । यसको अवधि २०७६ असार ३१ गते समाप्त हुँदैछ । यो ऋणपत्र जारीसँगै बैंकको कूल ऋणपत्रको आकार एक अर्ब ९० करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।