नबिल बैंकको साधारणसभा सम्पन्न, ३४ प्रतिशत लाभांश पारित

Mar 11, 2019 Merolagani



नबिल बैंक(NABIL) को फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश परित गरेको छ । साथै बैंकले दश प्रतिशत संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको १० प्रतिशत (८० लाख ३७ हजार २९ कित्ता) शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने भएको हो ।

सभाले बैंक सञ्चालक समितिले गतबर्षको मुनाफाबाट प्रस्ताव गरेको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गरेको हो।

उक्त लाभांश फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् । साधारणसभा प्रयोजनका लािग बैंकले गत फागुन १४ गते शेयरधनी किताब बन्द गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ छ । १२ बोनसपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ । चालु आवको दोस्रो त्रैमासमा नबिलले २ अर्ब १७ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाए। वार्षिक प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा कायम गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।