कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।
लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ। यद्यपी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार शेयर बााडफाँड गर्दा यस निष्काशनमा लगानीकर्ताले १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्नुपर्ने अवस्था रहने हुनाले एक हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुन्छ ।
माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो। बाँकी ६७.६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ।
माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले 'केयर एनपि आईपिओ ग्रेड ४' प्रदान गरेको छ । यसले लघुवित्तको स्तर औसतभन्दा तल आधार रहेको बुझाउँछ। ग्रेड १ ले सबैभन्दा बलियो जनाउँछ भने सोभन्दा मुनिको अंकले क्रमश कम आधार बुझाउँछ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ।
नेपाल धितोपत्र बोर्डले गणपतिलाई चैत ७ गते आईपिओ निष्काशन गर्न अनुमति दिएको थियो।