कालिका पावरको नाफा ६ प्रतिशतले सुधार

May 14, 2019 Merolagani

कालिका पावर (KPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकोे छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.१२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण लेखापरिक्षण हुन बाँकी छ भने गत वर्षको बित्तिय विवरण लेखापरिक्षण भएको हो ।

यस अवधिमा कम्पनीले विद्युत विक्री मार्फत १३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा पावर कम्पनीको विद्युत बेचेर एक करोड १२ लाख रुपैयाँ धेरै आम्दानी गरेको हो । गत वर्ष कम्पनीले १२ करोड ५० लाख रुपैयाँ विद्युत विक्री मार्फत आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ । मूल्य आम्दानी अनुपात १७.५६ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।