दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी झनै बढ्यो,प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ मात्रै

May 21, 2019 Merolagani



दिव्यश्वरी हाइड्रोपावर (DHPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। विद्युत बिक्रीको आम्दानी बढेपनि हाइड्रोपावरको खुद नोक्सानी गत वर्षको यसै अवधिको तुलनामा ३.५९ प्रतिशत बढेको हो ।

गत आवको यसै अवधिमा हाइड्रोपावरले एक करोड ९९ लाख रुपैयाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो ।

विद्युत बिक्री मार्फतको आम्दानी बढेपनि ह्रासकट्टी खर्च र वित्तीय खर्च बढ्दा कम्पनीको खुद नोक्सानी बढेको हो ।

गत आवको यसै अवधिमा ४ लाख ५८ हजार ह्रासकट्टी शिर्षकमा खर्च गरेको हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च बढेर २ करोड ३३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी वित्तीय खर्च ५६.९५ प्रतिशतले बढेर ३ करोड ४५ लाखबाट ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हाइड्रोपावरले विद्युत बिक्री मार्फत ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०७.६९ प्रतिशतले धेरै हो । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोष तथा सञ्चित नोक्सानी ११ करोड ८८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोपावरको जगेडा कोष ५ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो ।

प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा नोक्सानीमा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।