खबरका अनुसार, रूहानीले विवादित मुद्दाको समाधान कूटनीतिक प्रक्रियाबाट समाधान गर्नका लागि अनुरोध गरेका छन् । तर उनी हालको समयमा अमेरिकाका साथ कुनै पनि प्रकारका वार्ता नहुने प्रष्ट पारेका छन् ।
उनले अमेरिकाद्धारा लगाइएको आर्थिक प्रतिबन्धको सामना गर्नका लागि ईरानी नागरिकहरूलाई एकजुट हुनका लागि आग्रह समेत गरेका छन् ।
अमेरिका र ईरानका बीच हाल एकदमै तनावको अवस्था रहेको छ । खाडी क्षेत्रमा भइरहेको आक्रमणका लागि पनि अमेरिकाले ईरानलाई नै जिम्मेवार रहेको बताइरहेको छ । यद्यपी राष्ट्रपति ट्रम्पले ईरान र अमेरिकाका साथ भेटवार्ता सम्भव भएको संकेत दिएका छन् ।
सरकारी समाचार संस्था आईआरएनएका अनुसार, रूहानीले आजको समय उनका लागि वार्ताको नभइ प्रतिरोधको अवस्था रहेको बताएका छन् ।
उता केही दिन पहिले मात्र ट्रम्पले एउटा ट्वीट गर्दै इरानले युद्ध चाहेको हो भने उसकोे आधिकारीक अन्त्य हुनेछ भन्दै चेतावनी समेत दिएका थिए । त्यसपछि अमेरिका–ईरानको सम्बन्ध झनै तनावग्रस्त बन्दै गइरहेको छ ।
- एजेन्सी