पञ्चकन्या माई हाइड्रो चार करोड नोक्सानीमा, सञ्चित नोक्सानी साढे १२ करोड पुग्यो

May 27, 2019 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHPL) ले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ९६ लाख एक हजार रुपैयाँ नोक्सानी व्यवहोरेको वित्तीय विवरण सर्वाजनिक गरेको छ। अघिल्लो आवको यसै अवधिमा कम्पनीले एक करोड ८८ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

कम्पनीको नोक्सानी बढ्दै जाँदा गत आवको यसै अवधिमा ४ करोड ८ लाख रहेको सञ्चित जगेडा नोक्सानी १२ करोड ४६ लाख पुगेको छ । एक अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८० पैसाले ऋणात्मक छ ।

चैत मसान्तसम्म कम्पनीले दुई आयोजनाबाट नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रीबाट २६ करोड ७३ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी २७ करोड ३४ लाख ५५ हजार थियो।

पञ्चकन्या माईको प्रशासनिक खर्चमा उल्लेख्य वृद्धिले नाफा घटेको हो । गत बर्षमा कम्पनीले ३० करोड २७ लाख रुपैयाँ यो शिर्षकमा खर्च गरेको छ जबकी अघिल्लो वर्ष यसै अवधिमा २३ करोड ५६ लाख मात्र खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ६ करोड ७१ लाख बढेको हो ।

यस्तै आयोजनाले ऋणको ब्याज मात्रै १७ करोड ३७ लाख खर्च गरेको छ ।८ करोड ९३ लाख ह्रासकट्टी र तीन करोड ९६ लाख कार्यलयको खर्च छ । अन्य स्रोतबाट कम्पनीले ३१ लाख ५६ हजार कमाएको छ।
कम्पनीले एक अर्ब ८६ करोड ८० लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा लिएको कम्पनीसँग २४ करोड ६३ लाख अल्पकालीन कर्जा छ ।

कम्पनीले जेठ २० गते दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । सभामा वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र संस्थापक र साधारण शेयरधनीको तर्फबाट एक एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव छ ।

यस हाइड्रोले २०७५ मा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरेपनि शेयरधनीलाई उपलब्ध गराउनुपर्ने चालु आवको प्रथम र दोस्रो त्रैमासिक वित्तीय विवरण भने सार्वजनिक गरेको छैन।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।