Fri, Apr 26, 2024
नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । सरकारले बजेटमा सडक मर्मतमा श्रोत अभाव हुन नदिन पेटेलियम पदार्थमा कर लिँदै मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैया ५० पैसा बढेर १११ रूपैयाँ कायम भएको छ । यसैगरी डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रूपैयाँ ५० पैसा बढेको छ ।
अब मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ९८ रूपैया ५० पचास पैसा कायम भएको छ ।
कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक हुन्।