मेक्सिको: प्रेसको लागि विश्वकै खतरनाक देश

Jun 19, 2019 RSS/AFP

मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ। नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको  समाचारमा उल्लेख गरिएको छ ।

यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा  कार्यभार सम्हालेका थिए।

उनका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिले पनि पत्रकारहरुको प्रश्नको जवाफ दिँदैनथे। तर ६५ वर्षीय लोपेजले हरेक हप्ताको अन्तिम दिन विहान सात बजे पत्रकार सम्मेलन आयोजना गर्ने गरेका छन्।

तर पत्रकार सम्मेलनमा पनि पत्रकारका प्रश्नको जवाफ भने दिने नगरेको पत्रकारहरको गुनासो छ । यतिमात्र नभएर उनले पत्रकारहरुलाई अपमान गर्ने गरेको गुनासो पनि पत्रकारहरुको छ। उनीहरुका अनुसार देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमान प्रेसमाथिको हिंसाका लागि प्रेरक बनेको छ ।

उनी पत्रकारहरुप्रति निरंकुश बन्दै गएको र पत्रकारहरुलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता कामहरु पनि उनीबाट भएका प्रेस जगतको भनाई छ ।

यसका साथै उनले देशको एक लोकप्रिय पत्रिका “रेफोर्मा” विरुद्ध पनि पटक पटक आक्रमण गर्दै आएको तथा पत्रकारहरुलाई बरम्बार धम्की दिने गरेको बताइन्छ ।

मेक्सिको पत्रकारका लागि यसअघि पनि खतरापूर्ण रही आएको छ । सन् २००० देखि आजसम्म यहाँ १०० जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ ।

comments powered by Disqus