जनता बैंक र लिडरसीप एकेडेमी नेपाल बीच सम्झौता

Jun 23, 2019 05:52 PM Merolagani

जनता बैंक र लिडरसीप एकेडेमी नेपाल (लान) बीच कर्मचारीको क्षमता अभिबृद्धि र नेतृत्व विकास तालिम सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

जनता बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम सञ्चालन गर्न जनता बैंक र लिडरसीप एकेडेमी नेपाल बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

उक्त संझौतापत्रमाजनता बैंककाप्रमुखकार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्री र लानका फाउण्डर तथा सिटिओ अरुण राजजोशीले हस्ताक्षर गरे।

लानले राइस युनिभर्सिटी बिजनेश स्कुल युएसए को उच्च स्तरीय तथा अन्तर्राट्रिय स्तरको सिप विकास, ब्यबसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ ।

यस्ता तालिम तथा सिपमुलक शिक्षा अनलाईन कोर्ष , गोष्ठी तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ । लानले बिशेष गरी एडभान्स्ड लिडरसीप प्रोगाम, एक्ज्युकेटिभ लिडरसीप प्रोगाम,अनलाईन राइस डेलिभरी जस्ता कार्यक्रम मार्फत शिक्षा प्रदान गर्नेछ ।

यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा ब्यबसायीक कुशलता अभिभृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।