राष्ट्र बैंकले बैंकका अध्यक्ष सहित कार्यकारी प्रमुखहरुसँग छलफल गर्दै

Jun 26, 2019 04:08 PM Merolagani

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति पूर्व बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्ने भएको छ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा समेटिन लागेका विषयहरुको बैंक अध्यक्ष तथा कार्यकारी प्रमुखहरुको सुझाव लिन चाहेको हो। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बिहीबार बोलाइएको छलफल मूलत मौद्रिक नीतिमा नै केन्द्रीत रहेर हाल बैंक तथा वित्तीय संस्थाहरुले भोगेका समस्या तथा मुद्धाहरुमा समेत छलफल हुने मेरोलगानीलाई बताए।

वित्त बजारमा अहिले विग मर्जर सर्वत्र चर्चामा रहेको छ।

बैंकिङ्ग क्षेत्रमा देखिने गरेको तरलता समस्या र निक्षेप खोसाखोसको अवस्था तथा केन्द्रीय बैंकले तोकेको सिसिडी, पूँजीकोष, स्पेडदर, तथा अन्य व्यवस्था लगायतका शर्तहरु पूरा गर्न अहिले धेरै बैंकहरुलाई सकस परिरहेको अवस्थामा विग मर्जरप्रति बैंकरहरु समेत सकारात्मक रहेका छन् ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विग मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई आयकर छुट सहित विशेष सुविधा दिए आफुहरु विग मर्जरमा जान तयार रहेको बताइसकेका छन्।

यस सन्दर्भमा केन्द्रीय बैंकले बिहीबार गर्न लागेको छलफलले मौद्रिक नीतिमा समेटिन लागेका विविध विषयवस्तुमा बैंकरहरुको सेन्टिमेन्ट बुझ्न र अगामी दिनमा नीति कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास केन्द्रीय बैंकले लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।