पञ्चाव नेशनल बैंक घोटलाका भगौडा निरब मोदीको स्वीस खाता रोक्का

Jun 27, 2019 03:13 PM Merolagani

भारतीय करोडपति तथा हिरा ब्यापारी निरब मोदीको स्विजरल्याण्डमा रहेका बैंक खाता रोक्का गरिएको छ। मोदीका स्विजरल्याण्डको बैंकमा चारवटा खातासँगै उनकी बहिनी पूर्वा मोदीको पनि खाता रोक्का गरिएको हो।

उनको स्विजरल्याण्डको बैंकमा मात्रै ६० लाख डलर जम्मा रहेको बताइन्छ।

पञ्चाव नेशनल बैंक घोटलामा भगौडा घोषित मोदी अहिले बेलायतको जेलमा रहेका छन्। मोदीले जेलबाट निस्कन दिएको निवेदनलाई बेलायति अदालतले अस्विकार गरेपछि उनी जेलमा नै रहेका छन्।

विश्वका सयौं धनीमध्येमा एक पर्ने मोदीमाथि २ करोड अमेरिकी डलर बराबरको घोटालाको आरोप छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।