माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

Jun 27, 2019 04:55 PM Merolagani

गत चैत १० गते लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै नतिजा प्रकाशन गरेको हो।

गत वर्षको त्रुटी नहोस् भन्नका लागि यो वर्ष सर्तकता अपनाउन लाग्दा असार १२ गते बिहीबार मात्रै सार्वजनिक सार्वजनिक भएको हो।

गत वर्ष असार ९ गते नतिजा सार्वजनिक गरिएको थियो। छिटो नतिजा सार्वजनिक गर्दा गत वर्ष ९ हजार विद्यार्थीको ग्रेडसिटमा त्रुटी भेटिएको थियो। 

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी भएका थिए। चैत १० गतेदेखि सञ्चालन भएको उक्त परीक्षा एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यस्तै प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक रफरक बनाएर परीक्षा लिइएको थियो।

प्रदेश २ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिँदा समेत यस वर्षको परीक्षा प्रकाशनमा ढिलाइ भएको थियो।

कसरी हेर्ने नतिजा ?

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

यसैगरि शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

नतिजा थाहा पाउन नेपाल टेलिकमको टेलिकमको मोबाइलबाट सिम्बोल नम्बर सहित पछाडि रहेको अक्षर टाइप गरी १६०० मा म्यासेज पठाएर तथा नेपाल टेलिकमका मोबाइल नम्बर, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशनअनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिनेछ।

यसैगरि टेलिकमको बेवसाइटमा see.ntc.net.np लग इन गरेर पनि नतिजा हेर्न सकिन्छ । आधिकारिक जन्म मिति राखेर मार्कसिट समेत हेर्न सकिन्छ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।