कुमारी बैंकको चौंथो त्रैमासिक प्रतिवेदन सार्वजनिक, कस्तो छ प्रगति ?

Aug 05, 2019 08:38 AM Merolagani

कुमारी बैंक (KBL) ले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरणमामा मिश्रीत प्रगति गरेको छ। प्राय सबैजसो आम्दानीका सूचकहरु बढाएको यस बैंकका कतिपय सूचकहरुमा भने संकुचन देखिएको छ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २८.०३ प्रतिशत अर्थात २९ करोड २१ लाख रुपैयाँ धेरै हो।

गत आवको प्रतिवेदन अनुसार २० प्रतिशत हाराहारीले आफ्नो व्यवसायको आकार वृद्धि गरेको यस बैंकले साढे ४८ प्रतिशतले आफ्नो ब्याज आम्दानी सुधार गरेको छ भने सञ्चालन नाफामा ४२.६५ प्रतिशतको बढोत्तरी गरेको छ ।

यद्यपी बैंकको शेयरधनी कोष र प्रतिशेयर नेटवर्थ खुम्चिएको छ भने कर्जा नोक्सानी व्यवस्था र खर्चका शिर्षकहरुमा देखिएको बढोत्तरीलाई सन्तुलनमा राख्ने चुनौति व्यवस्थापनलाई थपिएको छ ।

एक अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २८.०३ प्रतिशत अर्थात २९ करोड २१ लाख रुपैयाँ धेरै हो।

असार मसान्तसम्मको वित्तीय विवरणमा बैंकले ९६ करोड ७० लाख रुपैयाँ बराबरको लाभांश क्षमता कायम गरेको । अघिल्ला दुई आवबाट कूल २१.२५ प्रतिशत बोनस बाँडेर ८ अर्ब ६८ करोड रुपैयाँ पूँजी कायम गरेको यस बैंकले गत आवको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्नसक्छ।

बैंकको साधारण, शेयर प्रिमियम तथा शेयरधनी कोषमा गरी कूल ३ अर्ब १८ करोड माथिको जगेडा रहेको छ।

पूँजी वृद्धिको तुलनामा नाफा बढोत्तरीको प्रतिशत उच्च हुँदा बैंकको प्रतिशेयर आम्दानीमा केही सुधार देखिएको छ। अघिल्लो वर्ष १४ रुपैयाँ ५४ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसामा बढेको छ ।

गत आवमा ७३ अर्ब २० करोड निक्षेप संकलन गरि ७३ अर्ब १२ करोड बराबरको कर्जा लगानी गरेर यस बैंकले ३ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको हो। समीक्षा अवधिमा बैंकको निक्षेप २२.९३ कर्जालगानी २०.६७ प्रतिशत र ब्याज आम्दानी ४८.५५ प्रतिशतले सुधार भएको हो।

यस अवधिमा बैंकको आधार ब्याजदर घटेर १०.८२ प्रतिशत, खराब कर्जा ०.९७, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा र पूँजीकोष अनुपात १२.०७ प्रतिशतमा रहेको छ भने कोषको लागत बढेर ८.३५ प्रतिशतमा र मूल्य आम्दानी अनुपात १४.३२ गुणामा रहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।