बिमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका जारी, बीमितलाई थप राहत

Sep 12, 2019 11:27 AM Arun Pakhren



-एउटा बीमकको बिमाङ्कीले अर्कोमा काम गर्न नपाउने।
बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको लागि बिमाङ्कीय मूल्याङ्कन निर्देशिका,२०७६ जारी गरेको छ। समितिले आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी निर्देशिका २०६५ लाई परिमार्जन गरी बिमाङ्कीय  मूल्याङ्कन निर्देशिका, २०७६ जारी गरेको हो।

परिमार्जित निर्देशिका अनुसार जीवन बीमा गर्ने बीमितहरुलाई थप राहत पुग्नेछ। निर्देशिका अनुसार व्यवसायमा भएको बचत (कर्मचारीलाई छुट्याउनु अघि) को घटिमा ९० प्रतिशत रकम पोलीसी होल्डर फण्डमा सार्नुपर्नेछ। 

यस्तै समितिले शेयर होल्डर फण्डबाट पोलीसी होल्डर फण्डमा रकम सार्न तथा आवश्यक निर्देशन दिन सकिने व्यवस्था समेत गरेको छ। पोलीसी होल्डर फण्डबाट भने शेयरधनी कोषमा रकम लान नमिल्ने व्यवस्था गरेको छ। 

निर्देशिका अनुसार बीमा समितिले अर्को मुनाफा दरलाई नै अन्तरिम मुनाफा दर कायम गर्नुपर्नेछ। यस्तै समितिबाट स्वीकृत भएको बीमाकीय मूल्याकन प्रतिवेदनको व्यवस्थाहरु साही आर्थिक वर्षको वित्तीय विवरणमा देखाउनु पर्ने व्यवस्था छ।

यस्तै जीवन बीमातर्फ अनुभव भएका बिमाङ्कीलाई मात्र बीमकले बिमाङ्की नियुक्त गर्नुपर्नेछ। नेपालमा दर्ता भएको एउटा बीमकको बिमाङ्की भई कार्य गरिरहेको बिमाङ्कीले अरु कम्पनीमा काम गर्ने नपाउने व्यवस्था छ।

बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र बिमाङ्की प्रतिवेदन पेश गर्नुपर्नेछ।बिमाङ्कीय मूल्याङ्कन गर्दा गणितिय कोष निर्धारण कूमा बीमा शुल्क विधि प्रयोग गरि गर्नुपर्नेछ। बिमाङ्कीय मूल्याङ्कन गर्दा वास्तविक बचत वा ६ प्रतिशत व्याजदर मध्ये जुन कम हुन्छ सोही दरमा गर्नुपर्नेछ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।