बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना पक्राउ

Sep 22, 2019 11:54 AM Merolagani

बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले शुक्रबार उनीहरूलाई बैंकिङ्ग कसुरको मुद्धामा पक्राउ गरेको हो। 

उनीहरूमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ। व्यूरोका प्रवक्ता बेलप्रसाद पाण्डेका अनुसार  ऋण प्रवाहमा संलग्न बिचौलिया र भ्यालुएटर भने फरार छन्। 

झापाको बिरिग खोला बगरको जग्गालाई धितोमानी ऋण प्रवाह गरेको र अन्य जग्गाहरूको हकमा पनि ऋण प्रवाह गर्दा कम मूल्याङ्कन गरेको भेटिएपछि ऋणी, बैंकका सीईओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न शुरू गरिएको पाण्डेले बताए। पूर्व सिईओसँगै बैंकको वहालवाला तीनजना कर्मचारी पनि पक्राउ परेका छन्।

श्रेष्ठको बिगतको छवि अत्यन्त सकारात्मक भन्दै बैंक अफ काठमाण्डूका वर्तमान सिइओ सोहनदेव पन्त सहितको टोलीले श्रेष्ठलाई नियन्त्रणमा नलिई अनुसन्धान गर्न आग्रह गरेका थिए। तर, प्रहरीले हिरासत मै राखेर अनुसन्धानको प्रकृया अगाडि बढाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।