दशैं तिहारका लागि नेपाल प्रहरीले प्रहरी परिवारका लागि १५ कराेड सहुलियत ऋण दिने

Sep 22, 2019 01:47 PM Merolagani

नेपाल प्रहरीले प्रहरी परिवारका लागि असोज ५ गतेवाट सहुलियत ऋण दिन थालेको छ। दशैं तिहारको अवसरमा इच्छुक प्रहरीहरूको लागि १५ करोड रुपैयाँ सहुलियत ऋणका लागि छुट्याइएको छ।

सहुलियत ऋण लिएर प्रहरी परिवारले सवारी साधनदेखि माइक्रो ओभन र ल्यापटपसम्म खरीद सक्नेछन् ।

प्रहरी कल्याणकारी कोष सन्चालक समितिले प्रहरी निरीक्षक भन्दामाथिका प्रहरी अधिकृतहरूलाई सवारी साधन खरीद गर्नसम्म र अधिकृत भन्दा तल्लोस्तरका कर्मचारीहरूको लागि मोटरसाईकल, स्कुटर, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज लगतयतका सामान किन्न सहुलियत ऋण दिइने निर्णय गरेको छ ।

प्रत्येक बस्तुको लागि ऋण रकमको सीमा तोकिएको छ। ऋणको लागि अधिकतम ६ प्रतिशत ब्याजदर तोकिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।