युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने समय थप

Sep 23, 2019 10:13 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले निष्काशन गरेको चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयरको बिक्री अवधि बढाएको छ। कम्पनीले यसअघि असोज ६ गतेलाई अन्तिम मिति तोकेर हकप्रद निष्काशन गरेकोमा समय बढाएर असोज २३ गतेसम्म पुर्याएको हो।

यससँगै अब साउन १३ गतेसम्म कायम शेयरधनीहरुले असोज २३ गते बिहीबारसम्म आफ्नो हकअनुसारको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीले असोज ६ गतेसम्म सबै शेयर बिक्री नभएपछि हकप्रद भर्ने म्याद लम्ब्याएको हो। 

युनाइटेड इन्स्योरेन्सका सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ। सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न सकिनेछ।

युनाइटेड इन्स्योरेन्सले गत भदौ ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले १० बराबर २४ कित्ताको अनुपातमा कूल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

केयर रेटिङ्स नेपालले कम्पनीको हकप्रद शेयरलाई केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ। 

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद पूँजीकरण पश्चात बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम एक अर्बभन्दा बढी अर्थात एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। यस्तै संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ६०ः४० कायम हुनेछ।

कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा असोज ५ गते प्रतिकित्ता २६० रुपैयाँमा कारोबार भएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।