आँधीखोला लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको धौलागिरी लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Jan 26, 2020 11:22 AM Merolagani

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा रहेको धौलागिरी लघुवत्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९६ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ।

हालसम्म आईपीओ निष्कासन नगरेको यस लघुवित्तको चुक्ता पूँजी ७ करोड रहेको छ। लघुवित्तको जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले ४३ करोड ८८ लाख निक्षेप र १३ करोड ३९ लाख सापटीबाट ७७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसबापत लघुवित्तले ५ करोड ७४ लाख ब्याज आम्दानी र २ करोड ३ लाख ब्याज खर्च गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी भने ३ करोड ७१ लाख रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ४ लाख रहेको छ। पुस मसान्तसम्ममा ४९ लाख १५ हजार खराब कर्जा उठाउन सफल यस लघुवित्तले नियमित कारोबारबाट १ करोड ५३ लाख नाफा कमाएको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको निष्क्रिय कर्जा १.८८ प्रतिशत रहेको छ भने कष्ट अफ फण्ड ८.२१ प्रतिशत रहेको छ।

लघुवित्तले गत पुस २ गते आँधिखोला लघुवित्तसँग गाभ्ने/गाभिने सम्झौता गरेको थियो। स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त आपसमा गाभिएपश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त रहने छ भने चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।