कोरोनामा मासु खानु खतरा, बन्यजन्तुकाे मासु नखान विश्व स्वास्थ्य सङ्गठनकाे अपील

Apr 18, 2020 07:26 AM merolagani

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्यजन्तुकाे मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् ।

कोरोना भाइरसको सुरुवात चीनको बुहानको सीफूड बजार बाट सुरु भएकोले बन्यजन्तुकाे मासुमा प्रतिबन्ध लगाउन उनले अपिल गरिएका हुन।

‘मासु बजारलाई त्यति बेला खोल्ने अनुमति दिन सकिन्छ जब भोजनमा पूर्ण स्वच्छता कायम भएको हुने छ’ डाक्टर टेड्रॉसले भने। मासु व्यापारमा स्वच्छताको कमी हुने भएकोले यसलाई प्रतिबन्ध गर्नु पर्ने बताइएको छ।

उनका अनुसार ७० प्रतिशत सबै भाइरस जनावर र तीनका मासुबाट आएकाले प्रतिबन्ध लगाउनुको विकल्प छैन।

 

 

 

 

नाेट: यस अघि हेडलाइनमा अन्यथा भएकाले सच्चाइएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।