आर्थिक स्वतन्त्रता प्राप्त गर्न सिकाउने पुस्तक ‘क्यासफ्लो क्वाडरेन्ट’ को सारंश

Apr 29, 2020 07:30 PM Merolagani

मेरोलगानीले पछिल्ला केही सातादेखि सम्पूर्ण पाठक र विशेष गरी शेयर लगानीकर्ताहरुका लागि विभिन्न ज्ञानबर्धक पुस्तकहरुको सारंश प्रस्तुत गर्दै आएको छ। पछिल्लो समयमा हामीले रोबर्ट काओसाकीको ‘रिच ड्याड, पोर ड्याड’ र नेपोलियन हिलको ’थिङ्क एण्ड ग्रो रिच’ को सारंश प्रस्तुत गरेको थियाैं।

आज हामीले पुनः लगानीकर्ताहरुले पढ्नै पर्ने पुस्तक ‘क्यासफ्लो क्वाडरेन्ट’ को सारंश प्रस्तुत गर्न गईरहेका छौँ। यस पुस्तकका लेखक रोबर्ट काओसाकी हुन्।

तपाई आर्थिक स्वतन्त्रता बिना जिन्दगीमा पूर्ण स्वतन्त्र हुन कहिल्यै सक्नुहुन्न। स्वतन्त्रता निःशुल्क हुन सक्छ, तर त्यसको मूल्य छ।

तपाईको जीवनको लक्ष्य के हो? जीवनमा तपाईको मार्ग पत्ता लगाउनु तपाईको लक्ष्य हो। तपाईको लक्ष्य तपाईको पेसा होइन, तपाईले कति पैसा कमाउनु हुन्छ, तपाईको सफलता र असफलता पनि होइन। तपाईको मार्ग पत्ता लगाउनुको मतलब तपाईलाई यहाँ धर्तीमा के गर्न राखिएको छ भन्ने कुरा पत्ता लगाउनु हो। तपाईको जीवनको उद्देश्य के हो? तपाईलाई यो जीवन भन्ने उपहार किन दिइयो? र तपाई जीवनलाई के उपहार दिन सक्नुहुन्छ?

अधिकांश व्यक्तिहरुलाई ‘स्कुल जाने र जागिर पाउने’ कुरा बच्चा बेलादेखि नै प्रोग्राम गरिएको हुन्छ। स्कुल त्यस्तो स्थान हो जहाँ ‘ई’ वा ‘एस’ क्वाडरेन्टमा अन्तर्गत जागिर खोज्न सिकाइन्छ। त्यहाँ तपाईको जीवनको मार्ग पत्ता लगाउने बारेमा सिकाइदैन। आफ्नो अन्तज्र्ञान र मुटुलाई विश्वास गर्नुहोस् र हिम्मत गर्नुहोस्।

शिक्षा एक प्रक्रिया हो। पूर्ण मानवमा विकसित हुन हामीलाई मानसिक, शारीरिक, भावनात्मक र आध्यात्मिक शिक्षाको आवश्यकता पर्दछ। परम्परागत स्कुलहरु मुख्यतः विद्यार्थीहरुको मानसिक विकास गर्नमा केन्द्रित छ। त्यसैले धेरै विद्यार्थीहरु जो स्कुलमा राम्रो गर्छन्, वास्तविक जीवनमा राम्रो गर्दैनन्, विशेष गरी पैसाको मामलामा। स्कुलले विद्यार्थीहरुलाई ‘ई’ वा ‘एस’ क्वाडरेन्ट अन्तर्गतका कर्मचारी बन्न प्रोग्राम गर्दछ।

‘बि’ र ‘आई’ क्वाडरेन्टका उद्यमी बन्न चाहने व्यक्तिहरुका लागि परम्परागत शिक्षा उपयुक्त शिक्षा होइन। शिक्षामा एक उद्यमी बन्नुहोस्। यस्तो लाग्दछ कि हाम्रो जीवनको बाटो हाम्रो दिमागले पत्ता लगाउन सकेको छैन। हाम्रो जीवनको मार्ग हाम्रो हृदयमा के छ भन्ने कुरा पत्ता लगाउनु हो। परम्परागत शिक्षाको कमजोरीका कारण लाखौँ मानिसहरु स्कुल छाड्छन्। केबल उनीहरु मननपर्ने जागिरको पासोमा पर्न नचाहेका कारण यसो गर्छन्। उनीहरुलाई थाहा हुन्छ कि जीवनमा केहीको कमी भइरहेको छ। धेरै व्यक्तिहरु आर्थिक पासोमा अल्झिन्छन्, बाँच्नको लागि मात्र पर्याप्त आम्दानी गर्छन् र त्यो भन्दा बढी कमाउन चाहन्छन् तर, कसरी बढी कमाउने भन्ने थाहा हुँदैन। अन्य क्वाडरेन्ट विषयमा ज्ञान नहुँदा धेरै मानिसहरु पुनः स्कुल फर्कन्छन् र ‘ई’ र ‘एस’ क्वाडरेन्ट अन्तर्गतकै नयाँ पेशा खोज्छन् जसबाट धेरै पैसा कमाउन सकियोस्। उनीहरु ‘बी’ र ‘आई’ क्वाडरेन्टको दुनियाँबारे अनभिज्ञ हुन्छन्। अधिकांश व्यक्तिहरु आत्मामा खुसी पाउन प्रयत्नरत रहन्छन्।

‘ए’ वर्गका विद्यार्थीहरु सानो कुराहरुको अध्ययन गरी ‘विश्लेषण पक्षघात’ मा अल्झिन्छन् तर केही गर्न सफल हुँदैनन्। यसको कारण विद्यार्थीहरुले गल्ती गरेपश्चात स्कुलहरुले दिने सजाय हो। यस विषयमा विचार गर्ने हो भने, ‘ए’ वर्गका विद्यार्थीहरु ‘ए’ वर्गमा छन् किनभने उनीहरु कम गल्ती गर्छन्। मनोविज्ञान अनुसार वास्तविक संसारमा जो मानिस सबैभन्दा बढी प्रयास गर्छन्, उनीहरु नै धेरै गल्ती गर्छन् र त्यसबाट ठूलो उपलब्धी हासिल गर्न शिक्षा लिन्छन्। मानिसहरु सफलता प्राप्त गर्न असफल हुन्छन् किनकी उनीहरु पर्याप्त असफल भएका हुँदैनन्। धेरै मानिसहरु ‘जब सेक्युरिटी’ मा अल्झिन्छन् किनकी उनीहरुसँग भावनात्मक शिक्षाका कारण यस्तो हुने गर्दछ। तर, उनीहरु आफुलाई डरले रोक्न दिन्छन्।

  • परिचयः तपाई कुन क्वाडरेन्टमा हुनुहुन्छ?

क्यासफ्लो क्वाडरेन्ट मानिसहरुलाई आम्दानीका स्रोत आधारमा गरिने वर्गिकरण हो। यो क्यासफ्लो क्वाडरेन्ट हो।

हामी सबै यी ४ वर्गहरुमध्ये कुनै न कुनै वर्गमा पर्दछौँ। हाम्रो आम्दानीको स्रोतको आधारमा हाम्रो वर्गको निर्धारण हुन्छ। हामीमध्ये धेरैजसो कर्मचारीमा पर्दछौँ जो मासिक तलबमा निर्भर छौँ, केही स्वरोजगार छन्। कर्मचारी र स्वरोजगार व्यक्तिहरु क्यासफ्लो क्वाडरेन्टको बाँयातर्फ पर्छन्। दायाँतर्फ ती व्यक्तिहरु पर्छन्, जो आफ्नो विजनेस अथवा लगानीबाट पैसा प्राप्त गर्छन्।

यी चारवटै वर्गका मानिसहरु आर्थिक स्वतन्त्र प्राप्त गर्न सक्छन्। ‘बी’ र ‘आई’ वर्गका व्यक्तिहरुले आर्थिक लक्ष्य छिटो पाउन सक्छन्। सफल ‘ई’ हरुलाई रिटायरमेन्टपश्चात आर्थिक सुरक्षा प्राप्त गर्न सफल ‘आई’ बन्नुपर्छ।

म प्रायः आफैलाई प्रश्न सोधिरहेको हुन्छु, ‘के म पाइपलाइन निर्माण गरिरहेको छु कि बाल्टिन मात्र तानीरहेको छु?’, ‘म हार्ड वर्क गरिरहेको छु कि स्मार्ट वर्क?’ र त्यसको उत्तरले मलाई आर्थिक स्वतन्त्रता दिलायो।

‘बी’ अथवा ‘आई’ बन्नको लागि तपाईले आफ्नो क्यासफ्लोको दिशा नियन्त्रण गर्नुपर्दछ। हामी प्रविधिको युगमा छौँ जसले पहिलेभन्दा बढी वित्तीय इनामको अवसर प्रदान गर्दछ।

अध्याय १ः द क्यासफ्लो क्वाडरेन्ट

  • पाठ १ः तपाई किन काम प्राप्त गर्नुहुन्न?

त्यस्ता व्यक्ति जसलाई कामको महत्व हुन्छ, उनीहरुलाई यो सम्झाउन गाह्रो हुन्छ कि तपाई किन जागिर चाहनुहून्न। जसले पैसा महत्वपूर्ण छैन भन्छन्, यो स्पष्ट छ कि उनीहरु लामो समयसम्म पैसाबिना बसेको हुँदैन। परम्परागत शिक्षा प्रणाली परम्परागत पेसाहरुका लागि महत्वपूर्ण छ, तर यी मानिसहरुले कसरी धेरै धन कमाए भनेर सिकाउँदैन।

पैसा सबैको एकै हुन्छ तर, त्यसलाई कमाउने तरिका निकै फरक हुनसक्छ। तपाई जुनसुकै वर्गमा भएपनि पैसा कमाउन सक्नुहुन्छ। हामी के काम गर्छौँ, त्यो महत्वपूर्ण छैन, महत्वपूर्ण तपाई कसरी पैसा कमाउछौँ भन्ने हो। जीन्दगीभर पैसाको लागि काम गरेर पैसा महत्वपूर्ण छैन भन्ने जस्तो गर्नु मुर्खता हो। पैसाभन्दा जीवन महत्वपूर्ण छ तर, जीवनलाई सहारा दिन पैसा आवश्यक छ। तपाईसँग काम गर्न धेरै समय छ, त्यसैले पैसाको लागि किन कडा परिश्रम गर्ने? पैसा र आफ्नो लागि काम गर्ने मान्छ कमाउन सिक्नुहोस् त्यसपछि तपाई अन्य महत्वपूर्ण कार्य गर्न समय पाउनुहुनेछ।

  • पाठ २ः फरक क्वाडरेन्ट, फरक व्यक्ति

क्वाडरेन्टहरु परिवर्तन हुनु भनेको तपाईको वास्ताविक परिचय परिवर्तन हुनु हो। रिच ड्याड भन्छन्, ‘हामी सबै मानव हौँ, तर जब पैसा र सोसँग सम्बन्धित भावनाको कुरा आउँछ, तब हामी फरक फरक प्रतिक्रिया दिन्छौँ। र त्यही प्रतिक्रियाले नै हामी आम्दानीका लागि कुन क्वाडरेन्ट चयन गर्छौँ भन्ने कुरा निर्धारण गर्दछ।’

मानिसहरु विभिन्न क्वाडरेन्टमा विभाजित हुनुको कारण खोज्नुहोस्, उनीहरु बिचको भिन्नता चिन्नुहोस्। त्यसपछि तपाईको जीवन धेरै सजिलो हुन्छ। क्वाडरेन्ट परिवर्तन हुनु जीवन परिवर्तन अनुभव हो। यो परिवर्तन झुसेलीकिरा पुतलीमा परिवर्तन भए जत्तिकै गहन छ।

शब्द शक्तिशाली उपकरण हो। यदी तपाई नेता बन्न चाहनुहुन्छ भने तपाईले शब्दमा निपूण हुनुपर्छ। महान नेता बन्नु अघि राम्रो/महान श्रोता बन्नु पर्ने रिच ड्याड बताउछन्। यदि तपाई कुनै व्यक्तिले प्रयोग गरेका शब्दहरु सुन्नुहुन्न भने तपाई उनीहरुको आत्मालाई महसुस गर्न सक्नुहुन्न। र यदि तपाई उनीहरुको आत्माको कुरा सुन्नुहुन्न भने तपाई कोसँग कुरा गरिरहनु भएको कहिल्यै थाहा पाउनु हुन्न।

  • मुल फरक

उनले ‘उनीहरुको शब्द सुन, उनीहरुको आत्मालाई महसुस गर’ भन्नुको कारण व्यक्तिको मूल भ्यालु र भिन्नताहरु उसल चयन गर्ने शब्द पछाडि लुकेको हुन्छ। तल केही अवस्थाहरु दिइएका छन् जसले एक क्वाडरेन्टका मानिसहरुलाई अर्को क्वाडरेन्टका मानिससँग छुट्याउँछः

‘ई’ (इम्प्लोई): जब म ‘सेक्योर’ अथवा ‘बेनिफिट’ शब्द सुन्छु, तब, मलाई वक्ता को हो भन्ने चिन्छु। ‘सेक्योर’ शब्द डरलाई लुकाउन प्रयोग गरिने एक शब्द हो।

‘एस’ (सेल्फ इम्प्लोइड): यस वर्गमा त्यस्ता व्यक्तिहरु पर्छन्, जो आफ्नो मालिक आफै बन्न चाहन्छन् या भने आफै केही गरौँ भन्ने सोच्छन्। म यस्ता व्यक्तिहरुलाई ‘डु इट योरसेल्फर्स’ भन्छु। 

  अनुवाद : प्रत्येक अवाले                                                                      क्रमशः

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।