कोरोनाका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरुको निर्वाचन स्थगित

Jun 29, 2020 12:18 PM Merolagani

कोरोनाका कारण स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को निर्वाचन कार्यक्रम स्थगित भएको छ । इपानको निर्वाचन आज (असार १५ गते) सोमबार हुने कार्यक्रम थियो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले २५ जना भन्दा बढी भेला हुन नपाइने भन्दै निर्वाचन रोक्न निर्देशन दिएपछि कार्यतालिका प्रभावित भएको हो । तीब्र विवाद भएपछि निर्वाचन रोक्नका लागि जिल्ला प्रशासनमा निवेदन दिइएको थियो । जिल्ला प्रशासनले अहिले निर्वाचन गर्न उपयुक्त नभएको भन्दै रोक्न निर्देशन दिएपछि निर्वाचनका कार्यक्रम स्थगित हुन पुगेको इपानका एक कार्यसमितिका सदस्यले बताए ।

इपानको निर्वाचनका लागि तीब्र धुब्रिकरण देखिएको थियो । निर्वाचनमा कृष्ण आचार्य र सुर्यप्रसाद अधिकारीको प्यानलबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।