बलिउडकाे चर्चित गीत 'एक दाे तीन' की कोरियोग्राफर सरोज खानको निधन

Jul 03, 2020 01:06 PM Merolagani

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ। शुक्रबार हृदयघातका कारण उनकाे निधन भएकाे हो।

पछिल्लो केहि समयदेखि बिरामी  रहेकी खानको ७१ वर्षकाे उमेरमा मुम्बईमा निधन भएको हो। जुन २० मा स्वास्प्रश्वासमा समस्या भएपछि उनलाई बांद्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो।

सरोज खान बलिउडको एक प्रतिष्ठित नृत्य निर्देशक हुन्। धेरै जसो लोकप्रिय हिन्दी गीतको नृत्य उनले नै निर्देशन नै गर्ने गरेकी थिइन्। विशेष गरी श्रीदेवी र माधुरी दिक्षितका प्राय गीतमा उनकाे नै नृत्य निर्देशन पाइन्छ। सन् ९० काे दशकमा माधुरी दिक्षितका प्राय चर्चित गीतमा उनकाे सिकाई रहने गर्दथ्याे। चलचित्र तेजाबको 'एक दाे तीन', बेटाकाे 'धक धक कर्ने लगा', खलनायककाे 'चाेली के पिछे क्या है', देवदाशको 'डोला रे डोला' देखि पछिल्ला चलिचत्र कलंक तथा मणिकर्णिकाको गीतमा उनको कोरियोग्राफी रहेको थियो। उनले २००० भन्दा बढि गीतमा निर्देशन गरेकी थिइन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।