एनआईसी एशियाले ८.२५ प्रतिशत ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा दिने

Jul 03, 2020 04:24 PM Merolagani

एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जा ग्राहकमाझ सार्वजनिक गरेको छ ।यस याेजना अन्तर्गत ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनुका साथै ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था भएकाे छ ।

सुपर चमत्कारिक घर कर्जा अन्तर्गत ग्राहकले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण,जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष (माेराटियम अवधि ५ वर्ष समेत गरी) कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाख रूपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ ।

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको माेराटियम अवधि लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । यस बाहेक फ्लेक्जीबल इएमआईमार्फत ग्राहकहरुले आफ्नो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यस योजना अन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकहरुले बण्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । 

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरुले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाले यस बैंकको सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गर्न समेत सक्नेछन् । यस योजना अन्तर्गत अधिकतम २ करोड रूपैयाँ कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् र यस्तो कर्जा सीमा अधिकतम  १ करोड रूपैयाँसम्म निर्धारण गरिएको छ। 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।