एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने, ओपनिङ्ग रेञ्ज कति ?

Jul 08, 2020 01:45 PM Merolagani

एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको समेत गरी १ करोड ४८ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। शेयर सुचीकरणसँगै बिहीबारबाट लघुवित्तको नेपाल स्टक एक्चेञ्जमा कारोबार खुल्ने भएको छ।

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४४ लाख ४३ हजार  कित्ता शेयर बिक्री गरेकाे थियाे। शेयर  बिक्री गरेकाे दुइ साता पछि लघुवित्तकाे शेयर सूचीकृत भएकाे हाे। 

नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।