'बैदेशिक साझेदार खोज्न सक्षम छौँ' -चन्द्र सिंह साउद

Jul 09, 2020 04:26 PM Merolagani



नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले नेप्सेको पुनसंरचनाको लागि नेप्से आँफैले बैदेशिक साझेदार खोज्न सक्ने बताएका छन्। 

राष्ट्र बैंकले माैद्रिक नीतिकाे लागि वेवनारमार्फत लिएको सुझावमा साउदले सो धारणा राखेका हुन्। उनले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाँदा शेयर सूचीकरण ढिलो हुने भएकोले सो कामलाई यथाशीघ्र छिटो बनाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन्। उनले यो काम बोर्ड मार्फत गरे पनि हुनसक्ने सुझाव दिएका छन्।

यसैगरी साउदले आगामी आर्थिक वर्षबाटै बोण्ड र डिबेन्चरको छुट्टै सूचकमार्फत कारोबार गर्न नेप्से तयार रहेको जानकारी दिएका छन्।                                                                                         

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।