नेपाल बंगलादेश बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्न गरायो रेटिङ्ग

Aug 10, 2020 11:06 AM Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरमा उक्त रकम बराबरको ऋणपत्र जारी गर्न लागेको हो।

बैंकले ऋणपत्र जारी गर्न गराएको रेटिङ्गमा इक्रा नेपालले मध्यम क्रेडिट गुणस्तर जनाउने केयर एनपि एल त्रिपल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

बैंकले ऋणपत्र जारी गर्न रेटिङ्ग गराएपनि हालसम्म नेपाल धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र बैंकको ऋणपत्र बिक्रीमा आउनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।