ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ५

Sep 23, 2020 07:07 PM Merolagani

गत साता हामीले जन ह्यान्सनद्वारा लिखित ‘गुड डेब्ट, ब्याड डेब्ट’ पुस्तकको सारांशको चाैथाे भाग प्रस्तुत गरेका थियौँ। आज हामी सोही पुस्तकको पाँचाै भाग लिएर उपस्थित भएका छौँ।

यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको पाँचाै भागः

सन्तुष्टिमा ढिलाई एक गणितिय समस्या हो जुन प्रायः भावनाहरुबाट विचलित हुन्छ र इच्छाले तपाईलाई सजिलो उत्तरबाट विचलित गर्छ। तपाई कसरी खर्च गर्नुहुन्छ, त्यो एक नैतिक सिद्धान्त हुनुका साथै बौद्धिकताको व्यवहारिक परीक्षण पनि हो। लेखकलाई लाग्छ कि हाम्रा धेरैजसो कमजोर खर्चहरु यी चार क्षेत्रहरुबाट शुरु हुन्छन्, यी सबै होमो कन्जुमराटी हुन्ः

  • अपरिपक्व कन्जुमराटी
  • भावनात्मक कन्जुमराटी
  • स्वार्थी कन्जुमराटी
  • उपेक्षित कन्जुमराटी (रोजाइ अनुसार)

अपरिपक्व कन्जुमराटी

यस समूहमा त्यस्ता मानिसहरु पर्छन् जसले आफ्ना काम तथा जीवनशैली (खर्च गर्ने प्रवृत्ति) ले आफ्नो परिवार तथा वरिपरिका विश्वलाई कसरी प्रभाव पारिरहेको छ भन्ने कुरामा ध्यान दिँदैनन्। यस प्रकारका मानिसहरु हामीले कमाएको भन्दा कम खर्च गर्नुपर्छ, किनभने हामीसँग असीमित आम्दानी छैन र समय हाम्रो साथमा छैन भन्ने आधारभूत कुरा बुझ्दैनन्।

भावनात्मक कन्जुमराटी

यो त्यो क्षेत्र हो जहाँ हामीमध्ये धेरैजसो अल्झिन्छौँ। हाम्रो इन्द्रियहरु उत्साहित हुन्छन् र हामी कमसेकम खर्च गर्ने समयमा यो विश्वास गर्छौँ कि ती वस्तुहरुले हामीलाई खुसी बनाउँछ। हामीलाई खुशी दिने कुराहरु बारम्बार गर्यौँ भने त्यसले हामीमाथि नियन्त्रण लिन थाल्छ।

स्वार्थी कन्जुमराटी

यस्ता मानिसहरुलाई घरमा गर्ने खर्च, रिटायरमेन्ट प्लान बनाउनु र बच्चाहरुको पढाइका लागि पैसा खर्च गर्नुभन्दा लक्जरी स्पोर्टस् कार बढी महत्वपूर्ण हुन्छ। स्वार्थी कन्जुमराटीहरु ती कुरा अथवा वस्तुहरुमा चासो राख्छन् जसले उनीहरुलाई तत्काल व्यक्तिगत खुसी तथा फाइदा दिन्छ।

उपेक्षित कन्जुमराटी

तपाई कुनै विषयका बारेमा अनजान भएर अपरिपक्वजस्तै हुनु अज्ञानता हो।

एक्काइसौँ शताब्दीको एक औषत परिवारले ४० वर्षको अवधिमा २.८ मिलियन डलभन्दा बढी रकम ह्यान्ड गर्नेछ। यो एकदमै बिदम्बनापूर्ण देखिन्छ कि हामीले जति पैसा चलाएपनि अधिकांश मानिसहरु अन्तमा डुब्छन् र रिटायरमेन्टका लागि सरकार तथा अन्य व्यक्तिहरुमा निर्भर हुन्छन्। हामी जति चाँडो आफ्ना व्यक्तिगत खर्चमा नियन्त्रण प्राप्त गर्छौँ, त्यति नै भविष्यको लागि या भनौँ बुढेसकालको लागि हामीलाई राम्रो हुन्छ।

सबै पूँजीहरु बचतकर्ता तथा लगानीकर्ताहरुको परिश्रमबँट आउँछ। श्रम मानसिक र शारिरक दुबै हुन सक्छ। पूँजी श्रमबाट आउँछ र सञ्चित श्रम पूँजी हो जस्तै स्टक, बण्ड, नोट्स एण्ड मोर्टगेज, रियल स्टेट र नगद बचत।

 बिडम्बनापूर्ण कुरा हो कि मानिसहरु पैसा छ भनेर देखाउनका लागि पैसा सापट लिन्छन् जब कि त्यो पैसा अनावश्यक कुराहरुमा खर्च भइरहेको हुन्छ। यदी त्यो पैसालाई राम्रोसँग प्रयोग गर्न सक्यौँ भने यसले हामीलाई वास्तविक धनसम्म पुर्याउन सक्छ। सजिलै ऋण लिन सक्ने व्यवस्थाले हामीलाई अप्राकृतिक भोक वृद्धि गर्न मद्दत गर्दछ जसले हामीलाई दासत्वको पथमा डोर्याउँछ। यदि तपाई सन्तुष्टिमा ढिलाइ गर्नुहुन्छ र आम्दानीलाई नयाँ दिशा दिनुहुन्छ भने हुनसक्छ पैसा ह्याण्डल गर्ने तपाईको वृद्धिमानी तरिकाले तपाईलाई भविष्यमा अहिलेको भन्दा धेरै सम्पत्ती दिनेछ।

यो एक क्लासिक कन्जुमराटी चाल हो, तपाई यो सुनिश्चित गर्नुहोस् कि तपाई ऋणको भारि तान्दै माथि चढ्दै हुनुहुन्छ। यस्ता कन्जुमराटीहरु आफ्नो उपस्थितिको बारेमा निकै चिन्तित हुन्छन्। आफुले खरिद गरेका वस्तुले आफुलाई खुशी दिन्छन् भन्ने सोचेर आफैलाई धोका दिन्छन्। तर, उनीहरुले केबल क्षणिकको लागि सो खुशी पाउँछन् र दीर्घकालिन भुक्तानी गरी निराश हुन्छन्।

तपाईले आफैले आफैलाई धोका दिन छनोट गर्नुहुन्छ, आफैला सान्त्वना दिनुहुन्छ कि तपाई आफ्नो भविष्यको ख्याल आफै राख्नुहुन्छ। ‘ह्याभ्स’ र ‘ह्याभ्स नट’ को पूर्खाहरु क्रमशः ‘डिड्स’ र ‘डिड नट्स’ हुन्। अनुशासनमा ढिलाई नै अनुसार अस्वीकार गर्नु हो। जब हामी राम्रो व्यवहार विकास गर्न उचित समय पर्खन्छौँ, तब नराम्रा व्यवहार बलियो हुँदै जान्छ र यो कहिल्यै हट्दैन भन्ने सोचको विकास गर्दछ।

पे एज यू गो

तथ्याङ्कका आधारमा मात्र ३ देखि ५ प्रतिशत मानिसहरु अरुमा निर्भर हुनु नपर्ने गरी रिटायर हुन्छन्। मानिसहरु धनी भइ रिटायर हुन नसक्नुमा उनीहरुको आम्दानी कम या बढी हुनुसँग निकै कम सम्बन्ध हुन्छ, सबै सम्बन्ध उनीहरुको खर्च गर्ने बानीसँग हुन्छ। हामीले बाँकी ९५ प्रतिशत जो असफलतातर्फ अघि बढिरहेका छन्, उनीहरुलाई पछ्याउनु नपर्ने हुन सक्छौँ।

आफुले कमाएको भन्दा कम खर्च गरौँ। लेखक बेल फ्रयाङ्कलिनको भनाइसँग सहमति जनाउँछन्, ‘हामीलाई बर्बाद गर्ने आफ्नो नजरले होइन, अरुको नजरले हो।’ हामी अरुले के भन्छ भन्ने डरमा जिन्दगी विताउँछौँ। जिन्दगी भरको मेहेनत तथा परिश्रमको बदलामा मानिसहरु मात्र केही या केही पनि नभइ रिटायर हुन्छन्। जो मानिस अरुले के सोच्छ भन्ने सोचभन्दा माथि उठ्छ उसको लागि एक राम्रो जीवन पर्खिरहेको हुन्छ।

द कन्जुमराटीः उनीहरु आफुसँग भएको सबै उपभोग गर्छन् र आफुले सक्ने जति सापटी लिएर आफ्नो भविष्यलाई बन्धकी राख्छन्। उनीहरुसँग अन्त्यमा देखाउनका लागि निकै कम मात्र हुन्छ।

वास्तविक गणित

तपाईको नेटवर्थलाई आफुले काम गरेको वर्षले भाग गर्नुहोस् र त्यही हो तपाईको वार्षिक कमाई। यो नै वास्तविक आम्दानी हो। तपाई महिनामा १ लाख डलर कमाउनुहोस, त्यसको कुनै अर्थ छैन, मात्र तपाईको नेटवर्थमा जे जोडिन्छ त्यो महत्वपूर्ण हुन्छ। यो तपाईले कति कमाउनुहुन्छ भन्दा पनि कति खर्च गर्नुहुन्छ भन्ने कुरासँग सम्बन्धित हो। यदि तपाईको नेटवर्थ १ लाख ५० हजार छ र तपाईले २० वर्ष काम गर्नु भएको छ भने तपाईको वार्षिक वास्तविक ७ हजार ५०० मात्र हुन आउँछ। बाँकी सबै जलेर खरानी भइसके। तपाईको आम्दानीभन्दा पनि सन्तुष्टिमा ढिलाइ र बर्न रेटले तपाईको सम्पत्ती निर्धारण गर्छ।

अध्याय ५ः मेरो विगतको बारेमा मलाई थाहा छैन, तर मेरो भविष्य बेदाग छ

तपाईको विगतलाई एक पुस्तकालयको रुपमा प्रयोग गर्नुहोस्, न कि त्यसलाई बाँच्ने स्थान बनाउनुस्। तपाई जे हुनुपर्ने थियो, त्यो हुनका लागि कहिल्यै धेरै ढिला हुँदैन। नराम्रा बानीहरु हटाउन निकै गाह्रो हुन्छ। तपाईको वातावरणले तपाईको जीवनमा प्रभाव पार्छ।

मार्क भिक्टर ह्यान्सेन भन्छन्, ‘तपाई विनर या लुजर जन्मिनु भएको होइन, तपाई चुजर भएस जन्मिनु भएको हो।’ तपाईको विवेक तपाईको सल्लाहकार हो। जीन्दगीको हरेक उतारचढावमा हामीसँग दुई वटा विकल्प हुन्छन्, नराम्रो बन्ने कि राम्रो। यो तपाईको जीवन हो, कुनै परीक्षण होइन। परिवर्तन सबैको पहुँचमा छ। धेरै मानिसहरु अरुलाई प्रभावित पार्न अनावश्यक कुराहरु खरिद गर्न समय र पैसा खर्च गर्छन्र्। जसले विगतलाई नियन्त्रण गर्न सक्छ, उसले भविष्यमा राज गर्छ,’जर्ज अर्वेल भन्छन्।

अध्याय ६ः तपाई बाँच्नुभयो भने के गर्नुहुन्छ? कामलाई जीवनको एक चरण बनाउनुस्, आजीवन होइन।

वित्तीय सफलता सामान्य गणित र सन्तुष्टिमा ढिलाइको समिश्रण हो। थाहा हुनु र गर्नुमा भयंकर ठूलो खाडल छ, एक निष्क्रियताको खाडल। यही खाडलमा सपना मर्छ, जीवन सामान्य हुन्छ, र जीवन सोच्नु भन्दा गर्नु हो भन्ने कुरा नबुझिकनै हामी आफ्नो क्षमताभन्दा धेरै कम कुराहरु स्वीकार्न तालिम दिन थाल्छौँ।

यदि तपाई आफ्नो वित्तीय जीवनमा नियन्त्रण चाहनुहुन्छ भने लगानी योजनाका विषयमा चाँडै कार्य गर्न थाल्नुहोस्, ढिलो होइन। खर्च गर्ने हरेक अवस्था अधि एउटा प्रश्न हुन्छ, ‘यसले मलाई मेरो लक्ष्यको नजिक पुर्याउँछ कि टाढा ढकेल्छ। धेरै मानिसहरु आफ्नो रिटायरमेन्टको बारेमा सोच्न छोडिदिन्छन् किनभने उनीहरुलाई थाहा हुन्छ कि उनीहरुले सोध्नु पर्ने प्रश्नको उत्तर उनीहरुलाई मन पर्दैन। दुई तिहाई अमेरिकीहरु रिटायरमेन्टको सपना देख्छन् जबकी एक तिहाई मात्र सो दिशामा कदम चाल्छन्।

हाम्रो सफलता हामीले नियमित गर्ने कार्यहरुले तय गर्छ न कि कहिले काहीँ गर्ने जटिल योजनाहरुले। भ्यानगार्ड म्युचुअल फण्डका संस्थापक, जोन बग्ले भन्छन्, ‘सरलताले हामीलाई अनावश्यक कुरा कम गर्ने शक्ति दिन्छ।’ मनी ह्याण्डलिङ्ककको आधारभूत कुराले हामीलाई सफलतातर्फ लैजान्छ। यो आधारभूत कुरा जस्तो अरु कुनै कुरा नै छैन।

बचत महान शिक्षक हो। बचत गर्नको लागि तपाईले योजना बनाउनु पर्नेछ, एक लिखित दिशालाई अनुशरण गर्नुपर्ने हुन्छ। त्यस्ता योजना बीना, जीवन महँगो र असक्षम हुन्छ। बचत गर्नु भनेको समय र मूल्य बुझ्नु हो। बचतले पूर्वानुमान र सावधानीपूर्वक तर्क ग्रहण गर्दछ। सम्पत्तीको सूचक ठूलो आम्दानी हुनु जरुरी छैन। राम्रो बानीहरुबाट निर्देशित कुनै पनि आम्दानीले सम्पत्ती सिर्जना गर्न सक्छ। तपाईको आर्थिक कमजोरीहरुलाई स्वीकार्नु एक कुरा हो, तर परिणामबाट उम्कनु अझ अर्को कुरा हो। क्रमशः

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ४

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग ३

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग २

ऋणकाे अवधारणा परिवर्तन गर्ने पुस्तक "गुड डेब्ट, ब्याड डेब्ट" काे सारांश- भाग १


comments powered by Disqus