करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय

Oct 01, 2020 06:08 PM Merolagani



करकादर र अन्तशुल्क घटाउने सरकारले निर्णय गरेको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी गराएका छन् । आर्थिक ऐन संशोधन गर्दै करकोदर अन्तशुल्क घटाएको उनले जनाकारी गराए ।

उक्त दरहरु आजै राजपत्रमा प्रकाशन गर्ने पनि उनले जानकारी दिए ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।