शेयर बजारले रेकर्ड बनाउदा सामाजिक सञ्जालमा खुसीयाली, हाँसो, व्यङ्ग र सुझाव

Nov 29, 2020 05:15 PM Merolagani

सुवास निरौला

साताको पहिलो दिन शेयर बजारले अर्को नयाँ रेकर्ड कायम गरेको छ। सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड कायम गरेपछि सामाजिक सञ्जालमा लगानीकर्ताले खुसीयाली साटासाट गरेका छन्। कसैले हाँसो गरेका छन्, कसैले व्यङ्ग गरेका छन् । कसैले सुझाव त कसैले अर्ति उपदेश दिन समेत भ्याएका छन्।  

नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक (नेप्से) इतिहासकै सबैभन्दा उच्चतम बिन्दु १९६८.२७ अंकमा पुगेको छ। ७५.०२ अंकको वृद्धि सँगै सूचक अहिले सम्मकै उच्चतम बिन्दुमा पुगेको हो। सूचक मात्रै उच्चतम बिन्दुमा पुगेको होइन कारोबार रकमले पनि इतिहास रचेको छ। आइतबार अहिले सम्मकै सबैभन्दा बढी नौ अर्ब २२ करोडको कारोबार गर्दै बजारमा कारोबार रकमले पनि इतिहास रचेको हो।

कारोबार रकम र सूचक दुवैले नयाँ रेकर्ड कायम गरेकोमा कमल पन्थीले गुलाबको फूल बर्साएका छन्। उनले गुलाबको अङ्कित कार्डमा उक्त बिन्दु छोएकोमा सबै लगानीकर्तालाई धन्यवादका शब्दहरू लेखेका छन्। उनले गरेको उक्त प्रशंसा र धन्यवादको कदर गर्दै लगानीकर्ताले मनग्गे प्रतिक्रिया समेत दिएका छन्।

कमल पन्थी मात्रै होइन आइतबार शेयर कारोबार गर्ने सबै लगानी कर्ता हर्षित देखिएका छन्। उनीहरूले बजार बढ्दा भरपुर आनन्दको अनुभूति समेत गरेका छन्। सामाजिक सञ्जालमा शेयर बजार बढेको रङ्गको सङ्केत सहितको हरियो रङ्गको क्रप फोटो पोस्ट गरेका छन्। उनको क्याप्सनले नै उनी कति खुसी छन् भन्ने प्रस्ट्याउछ। उनले खुसी हुँदै लेखेका छन् "क्या मज्जा आइरा छ भनेनी, यो हो नि असली बुल । जय लगानीकर्ता "।

शेयर बजार बढेकोमा मात्रै खुसी छैनन् लगानीकर्ता उनीहरू ठुलो कित्ता शेयरको माग आएकोमा पनि दङ्ग छन्। आइतबार मात्रै नौ अर्ब भन्दा बढीको शेयर कारोबार हुँदा धेरै लगानीकर्ताले शेयर किन्न समेत पाएनन्। बैक समूहमा आएको मागको वृद्धिमा कसैले एक लाख कित्ता किन्छु भन्दा समेत शेयर पाएनन्। यस्तैमा एकै पटक लाखौँ कित्ता शेयर किन्न र बेच्न मुस्किल पर्ने बजारमा सजिलै ठुला कित्ता किन्ने बेच्ने देखिएपछि त्यसमा पनि सामाजिक सञ्जालमा चर्चा भयो। श्वेता भण्डारीले मार्केट डेप्थमा ५० हजार कित्ताको लागि एउटै वायर भएको भन्दै त्यसको स्क्रिन सर्ट नै सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।

शेयर बजार बढेको भन्दै सामाजिक सञ्जालमा खुसी मात्रै छैन। व्यङ्ग पनि गरिएको छ। यस अघिका रेकर्डमा नियामक र बजार सञ्चालकले लड्डु बाँडेर खुसीयाली मनाउने गरेका थिए। उनीहरुलाइ नै व्यङ्ग गर्दै दीपक दाहालले लड्डुको तस्बिर पोस्ट गरेका छन्। उनले क्याप्सनमा "८ र ९ अर्को लड्डु पार्टी आजै होला नेप्सेमा" लेखेका छन्।

कसैले फूल, कसैले लड्डुका तस्बिर पोस्ट गर्दै गर्दा कसैले बढेको बजारमा शेयर किन्ने सुझाव दिन पनि भ्याएका छन्। लोकेन्द्र सिंह किर्कीले आज बढेको बैकिङ सेक्टरलाई हेरेर बैककै शेयर किन्नु पर्ने अन्यथा पछुताउनु पर्ने भन्दै लामो स्ट्याटस लेखेका छन्।

बजार बढेको खुसीयाली सामाजिक सञ्जालमा मात्रै होइन सामाजिक सञ्जालले उपलब्ध गराएको ग्रुप च्याटमा पनि देखिएको छ। शेयर लगानीकर्ताहरू मात्रै रहेको नेपाल पूँजीबजार ग्रुपमा बजार कति उचाइ सम्म पुग्छ भनेर अनुमान लगाउन थालिएको छ। अशोक सिटौला ग्रुप च्याटमा लेख्छन् अब बजार तीन हजार छुँदै ५ हजार पुग्ने छ।

सबै थरी लगानीकर्ताले आ आफ्नै तरिकाले खुसीयाली, व्यङ्ग र सुझाव दिँदै गर्दा टेक्निकल एनालाइसिस्टहरुले बजारको प्रक्षेपण समेत गरिरहेका छन्। बजारमा नाम चलेका टेक्निकल एनालाइसिष्ट विष्णुप्रसाद बस्यालले यस्तो यस्तो एनालाइसिस आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

   

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।