ब्याजदर घट्दा हाइड्रोपावर कम्पनीको लाभांश दिने क्षमता बढ्दै, अर्को वर्ष ‘दोब्बर लाभांश’ नै पाइने हो?

Dec 31, 2020 08:16 AM Merolagani

कर्मचारी सञ्चय कोषले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा गरेको लगानीको रकमको ब्याज एक प्रतिशतले घटाएको छ।

सञ्चय कोषले १०.७५ प्रतिशत लिँदै आएको रसुवागढी आयोजनाको ब्याजदरलाई घटाएर ९.७५ प्रतिशतमा झारेको छ। रसुवागढी आयोजनामा सञ्चय कोषले गत असारसम्ममा पूँजीकृत ब्याज सहित ६ अर्ब ९ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ।

सञ्चय कोषले १ प्रतिशत ब्याजदर घटाउदा पनि आयोजनाको खर्च धेरै घट्ने देखिएको छ। सबै क्षेत्रमा जाने कर्जाको ब्याज बैंकहरुले घटाएपछि सञ्चयकोषले रसुवागढी जलविद्युत आयोजनामा लगानी गरेको ऋणको पनि ब्याज घटाएको सञ्चय कोषको भनाइ छ।

सञ्चय कोषले गत साउनदेखि नै लागु हुने गरी ब्याजदर घटाएको रसुवागढी जलविद्युत कम्पनीले जनाएको छ। ‘हाल सञ्चय कोषबाट प्राप्त हुने ऋणको ब्याजदर साउनदेखि नै लागु हुने गरी १०.७५ बाट ९.७५ प्रतिशत कायम गरिएको छ,’ रसुवागढी जलविद्युत कम्पनीले गत असोजसम्म प्रकाशित गरेको वित्तीय विवरण उल्लेख गरिएको छ।

सञ्चय कोषले मात्र होइन, अन्य बैंक तथा वित्तीय संस्थाले पनि हाइड्रोपावर कम्पनीमा लागेको ऋण लगानीको ब्याज घटाएका छन्। पुरानो ऋणको मात्र होइन, नयाँ ऋण दिने वित्तीय संस्थाले पनि हाइड्रोपावर आयोजना निर्माणका लागि कम ब्याजमा ऋण दिन थालेको ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले बताए।

‘गत फागुनभन्दा अघि १३ देखि १४ प्रतिशतसम्म ब्याजदरमा हाइड्रोपावरमा लगानी गरको बैंक तथा वित्तीय संस्थाले अहिले घटाएर ९ देखि १० प्रतिशत ब्याजदरमा ऋण दिइरहेका छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले अन्य क्षेत्रमा जाने ऋणको ब्याजदर घटाएकाले ऊर्जा क्षेत्रमा पनि ऋणको ब्याजदर घटेको हो।’

गत चैतदेखि मुलुकभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र ऋण लगानी हुन नसकेपछि बैंकहरुले ब्याजदर घटाउने अभियान नै थालेका थिए। ऋण लगानी हुन नसक्दा बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज कम गरेरै लगानी गर्न थालेका कारण हाइड्रोपावर कम्पनीको पनि ब्याजदर घट्न पुगेको हो।

बैंकको ब्याजदर घट्दा हाइड्रोपावरले लाभांश दिने क्षमता बढ्ने प्रधानले बताए। ‘उदाहरणका लागि बैंक तथा वित्तीय संस्थाले कुनै हाइड्रोपावर आयोजनामा ३ अर्ब ऋण लगानी गरेको छ। ३ अर्बको ऋणमा ४ प्रतिशत बैंकको ब्याज घट्यो भने १२ करोड रुपैयाँ बच्याे। त्यो भनेको १ अर्बमा १२ प्रतिशत लाभांश बढ्यो,’ उनले भने, ‘पहिला १० प्रतिशत लाभांश दिन सक्ने क्षमता हाइड्रोपावर कम्पनीको थियो भने बैंकको ब्याज घटेका कारण २२ प्रतिशत लाभांश दिन सक्ने क्षमता पुग्ने भयो। त्यसैले हाइड्रोपावर कम्पनीको शेयर आकर्षक बन्न पुगेको हो।’

ब्याजदर घटाएका कारण अर्को वर्ष आकर्षक लाभांश दिने सम्भावना बढेका कारण हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्न पुगेको हो। केही महिनाअघि १०० रुपैयाँ भन्दा तल शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीहरुको मूल्य अहिले १५० भन्दा माथि छ।

हाइड्रोपावरको कम्पनीको शेयरमूल्य बढ्नुकाे कारण ब्याजदरलाई लिने गरिन्छ। पहिलो कारण त बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका जलविद्युत आयोजनाहरुको ब्याजदर घट्यो। बैंकलाई कम ब्याज दिँदा हुने भएपछि जलविद्युत आयोजनाको नाफा बढने अवस्था आयो।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी पर्याप्त भएको भन्दै पुनः बैंकहरुले निजी आवास, शेयर खरिद तथा अटोलोनको ब्याजदर ७ देखि ८ प्रतिशतमा झारेका छन्। बैंकहरुले हाइड्रोपावर कम्पनीको ब्याजदर पनि करिव आधा घट्दा त्यो रकम हाइड्रोपावर कम्पनीको नाफामा जान्छ।

आयोजनाको नाफा बढ्ने सम्भावना देखिएका कारण हाइड्रोपावर कम्पनीको शेयरको मूल्य बढ्न पुगेको ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले बताए। बैंकको ब्याजमा ठूलो रकम गएका कारण हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्न सकेका थिएनन्। तर, ब्याजदर कम हुन थालेपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने निश्चित छ।

बैंकको ब्याज बढेका कारण हाइड्रोपावर कम्पनीले लाभांश दिन नसक्ने भएपछि हाइड्रोपावर कम्पनीको शेयर १०० रुपैयाँभन्दा तल आएको थियो। तर, हाइड्रोपावर कम्पनीले लाभांश दिन सक्ने सम्भावना बढेका कारण हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको हो।

३ अर्बको ऋण लिएर कुनै हाइड्रोपावर कम्पनीले लिएको छ। उक्त आयोजनाको ब्याजदर ४ प्रतिशत घट्यो भने मात्र पनि १२ करोड रुपैयाँ बच्ने भयो। ब्याजका लागि बैंकमा जाने त्यो रकम हाइड्रोपावर कम्पनीले नाफा गर्नु भनेको लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्नु हो। त्यसैले हाइड्रोपावर कम्पनीको शेयर मूल्य बढेको बिज्ञहरुको भनाइ छ।

कुनै समय बैंक, बीमा, माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिने गर्दथे। तर, अहिले हाइड्रोपावर कम्पनीमा लगानीकर्ता आकर्षित हुन थालेका छन्। जसका कारण दोस्रो बजारमा हाइड्रोपावर कम्पनीका शेयर उकालो लाग्दै गएको हो।

कोरोना भाइरसको असर अन्य क्षेत्रमा परेपनि निर्माण सम्पन्न भएका हाइड्रोपावर कम्पनीमा त्यसको असर नपरेका कारण आम्दानी घट्ने सम्भावना नदेखिएको ऊर्जा प्रवद्र्धकको भनाइ छ। आम्दानी बढ्ने र लाभांश दिने क्षमता पनि बढ्ने हुनाले पनि हाइड्रोपावर कम्पनीको शेयर पछिल्लो समय लगानीकर्ताका लागि आकर्षक मानिएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।