मेड इन नेपाल साइकल ‘पोर्टल बाइक’, जसले नेपालीको जिवनस्तर उकास्दै छ

Jan 14, 2021 08:14 AM Merolagani

युवराज बस्नेत

शहर/बजारमा विदेशी ब्रान्डका समानले ढपक्कै छोपेको छ। अझ, लत्ता कपडा तथा अटोमोबाइल क्षेत्रका लागी नेपाल विदेशी ब्रान्डको हब नै बनिसकेको छ भन्दा फरक पर्दैन। देश बाहिरका ब्रान्डलाई नेपालमा ल्याएर स्थापित गराउनेको रस्साकस्सी नै छ।

तर, नेपाली ब्रान्डलाई विदेशी भूमिमा चिनाउन लागि पर्ने कम नै छन्। पछिल्लो समय शहरका बग्रेल्ती विदेशी ब्रान्डको बीचमा स्वदेशी ब्रान्डहरूले पनि आफ्नो अस्तित्वलाई स्थापित गराउँदै लगेका छन्। यसै क्रममा नेपाली ब्रान्डको रूपमा परिचित गराउन लागि परेको एउटा नयाँ ब्रान्ड हो ‘पोर्टल बाइक’। 

नेपालमा भइरहेका ब्रान्ड भन्दा फरक तथा नेपालीहरूको दैनिकीलाई सुँहाउदो साइकलको रुपमा पोर्टल बाइकलाई चिनिन्छ। बजारमा हुँइकिने साइकल भन्दा फरक रहेको यो साइकलले पछिल्लो समय नेपाली बजारमा लोकप्रियता कमाएको छ।

यसरी फुर्याे आईडिया

सन २००७ मा अमेरिकी नागरिक केलभ स्पेयर नेपाल भ्रमणको लागि नेपाल आएका थिए। भ्रमणको क्रममा पनौती पुगेर स्पेयरले अनौठो क्रियाकलाप देखे। अनौठो के थियो भने, किसानले मकै लगायतको अन्न हातले नै छोड्याउने र पिस्ने काम। उनले सो क्रियाकलाप देखेपछि अमेरिकाको ग्रामीण भेगलाई सम्झे, जहाँ स्पेयरलाई अनौठो लागेको किसानको काम अमेरीकामा साइकलको प्रयोगले हुने गर्दथ्याे। त्यसपछि उनलाई लाग्यो नेपालमा पनि यस्तै बनाउन पाए किसानलाई धेरै सजिलो हुन्थ्यो। स्पेयरलाई नेपालको भौगोलिक तथा सांस्कृतिक परिवेश मन पर्यो र उनी पुनः २०१५ को अन्त्यतिर नेपाल आए। स्पेयर पहिलो पटक आएपछि बनेको कन्सेप्टलाई व्यवहारमा रूपान्तरण गर्न लागी परे। दोस्रो पटक नेपाल आएपछि चार जना नेपालीहरूसँग सहकार्य गरी एउटा वर्कसप खोले। पछि त्यही वर्कसपबाट नेपाली साइकल ब्रान्ड पोर्टल बाइक बन्न शुरू भयो।

खासगरी केभलको डिजाइन अनुसार यो साइकल शुुरूमा मकै छोडाउनको लागि प्रयोगमा ल्याए। जुन साइकलमा अन्न पिस्नका लागि ग्राइन्डर मेसिन पनि जडान गर्न सकिन्छ। ग्रामिण क्षेत्रका किसान तथा मानिसको सुविधाका लागि यो साइकल बनाउँदै जाँदा स्पेयरलाई नयाँ कन्सेप्ट फुर्यो। स्पेयरले शहरी क्षेत्रमा पनि पराम्परागत शैलीमा पसल तथा अन्य समानहरू बोकेको देखे। त्यसपछि चार जना नेपालीसँगको सहकार्यमा उनले माल समान ढुवानी गर्न उपयोगी हुने कार्गो साइकल उत्पादन गर्न थाले। 

‘कार्गो साइकल उत्पादन गर्नुको मुख्य उद्देश्य नै परम्परागत शैलीलाई परिवर्तन गरि नेपालीहरूको जीवनस्तर उकास्नु हो,’ पोर्टल बाइकका बजार व्यवस्थापक तेञ्जिङ गुरूङले भने, ‘अहिले पनि भक्तपुर लगायतका ठाँउमा काँधमा बोकेर तरकारी बोक्ने चलन हराएको छैन’। विभिन्न कामका लागि प्रयोग गर्न, भारी समानहरू पनि सजिलैसँग बोक्न र लिएर हिड्न सकियोस् भनेर यसलाई त्यही ढंगले डिजाइन गरिएको छ। कम्पनीले चालक सहित तीन जना समेत चढेर हिड्न मिल्ने कार्गो साइकल पसल पसलमा समान ओसारपसारमा पनि त्यतिकै सजिलो हुने तेञ्जिङ बताउछन्।

गुरूङले तस्बीर देखाउँदै भने, ‘हेर्नुस् पुराना साइकल तथा रिक्सामा समान बोकेर हिड्न कति गाह्रो छ, सार्वजनिक बसमा बसवालाले मान्दैनन् भने रिजर्भ गरेर समान बजार लग्न पनि लागत बढी पर्छ’ तर यो साइकलमा आफै उद्यमी गरिरहेका र अरूलाई रोजगारी दिइरहेकाहरूलाई लक्षित गरेर नै यो साइकल बनाइएको हो।

नेपालीहरूले आईडिया नजानेर धेरैे दुख भोग्ने गरेको उनको भनाई छ। अन्न छोडाउन र पिस्न भने साइकलको चक्कामा मेसिन जोड्नु पर्ने गुरूङले बताए। पेडल घुमाएपछि पछाडिको चक्का घुम्छ। यसले मेसिनलाई ऊर्जा दिन्छ। त्यही ऊर्जाबाट अन्न छोडाउने वा पिस्ने काम हुन्छ जसले गर्दा किसानको शारीरिक कष्ट र समयको बचत गर्छ।

एउटी महिलाले मकै छोड्याएको एउटा तस्बीर दखाउँदै गुरूङले भने ‘यी महिलालाई तीन दिनसम्म लाग्ने मकै छोड्याउने काम साइकलको मद्दतले दुई घण्टामा सकिन्छ।’

आवतजावत र समान ओसारपसार दुबैका लागि प्रयोग हुने भएकाले लामो प्रकारको साइकल बनाइएको हो। कम्पनीले अहिले साइकलको फ्रेम भारतबाट ल्याइरहेको छ भने फ्रेम बाहेकका पार्टपूर्जा ताइवानबाट आयात गरिन्छ। फ्रेम र उक्त साइकलका लागि आवश्यक पर्ने पार्टपूर्जा आएपनि काठमाडौंमा नै यो साइकल फिटिङ हुने गरेको छ। यो कार्गो साइकल अहिले चोभारमा ठूलो क्षेत्रफलमा बन्दै आएको छ। ‘सेभेन स्पिड’ गियर र डिस्कब्रेक समेत जडित यो साइकलले पछिल्लो समय नेपालीको जीवनस्तरमा परिवर्तन ल्याएको छ। यो साइकल विदेश पनि निर्यात भएको तेञ्जिङ बताउँछन्। अहिलेसम्म ७१ ओटा साइकल विदेश र २०० भन्दा बढी नेपाल भित्र बिक्री भइसकेको छ। यो साइकलको मूल्य नेपालीको लागि ३२ हजार तोकिएको छ भने विदेशीको लागि ४० हजारमा बिक्री गरिदै आएकाे छ।

कम्पनीले अहिले फ्रेममा ३ वर्ष वारेन्टी र पाटपूर्जामा ६ महिना निःशुल्क सर्भिसिङको पनि व्यवस्था गरेको छ। कार्गो साइकल चोभार स्थित कारखानामा बनाइने गरिन्छ। हाल उक्त कारखानमा एक दर्जनभन्दा बढी युवाहरूले रोजगारी पाएका छन्। यो टिमले मासिक सय भन्दा बढी साइकल उत्पादन गर्दै आइरहेको छ। बिक्री तथा सर्भिसिङ गर्न झम्सिखेलमा पसल रहेको छ भने बौद्ध र लाजिम्पाटमा खोल्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। ‘विदेशबाटै पाटपूर्जा ल्याइने भए पनि जनशक्ति नेपालकै भएको र ब्रान्ड पनि नेपालकै रहेकाले यो साइकललाई मेडिन नेपाल नै हो,’ तेञ्जिङले भने।

पोर्टल बाइक अब देशव्यापी बनाउने रणनीतिका साथ अगाडी बढेको छ। तराई तथा पहाडी क्षेत्रमा पनि यसको पहुँच पुर्याउन कम्पनी लागि परेको छ भने काठमाडौं बाहिर पनि सर्भिसिङ सहितको पसल खोल्ने योजना अघि सारेको छ।

 

नेपाली बजारमा यो साइकल पहिलो पटक २०१७ बाट एसेम्बल उत्पादन थालिएको थियो। पोर्टल बाइकको एउटा भिजन छ जुन ‘ट्रान्सफर्म लाइफ’ हो। निम्न वर्ग तथा उद्यमी बनिरहेकोको लागि समान बेच्ने, भेन्डरहरूलाई लक्षित गरेर यो साइकल बनाइएको हो। जसले उनीहरूको जीवनमा परिवर्तन हुन्छ। पोर्टल बाइक पछिल्लो समय लोकप्रिय स्टार्टअपको रूपमा परिचित छ। 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।