शोधानान्तर स्थिति १ खर्ब ६ अर्बले बचतमा, बैंकिङ्ग क्षेत्रसँग १३ महिनालाइ आयात धान्न सक्ने सञ्चिति

Jan 13, 2021 04:42 PM Merolagani

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेकोमा यस वर्ष शोधानान्तर स्थिति थप बचतमा पुगेको हो। 

समीक्षा अवधिमा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६ प्रतिशतले कमीआइ ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको थियो ।

२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतल वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०.१ प्रतिशतले घटेर १ खर्ब ७५ अर्ब ६२ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १०८.७ प्रतिशत र ३२.४ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।