माघ महिनाको पहिलो दिन सुनचाँदीको मूल्य ओरालो लाग्याे

Jan 14, 2021 12:36 PM Merolagani

माघ महिनाको पहिलो दिन सुनचाँदीको मूल्य ओरालो लागेको छ । माघ १ गते, बिहीबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । पुस महिनाको अन्तिम दिन सुनको मूल्य बढेर प्रतितोला ९२ हजार ९०० रुपैयाँ पुगेको थियो ।

यसैगरी चाँदीको भाउमा पनि महिनाको पहिलो दिन सामान्य गिरावट देखिएको छ । यसदिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार चाँदीको भाउ वृद्धि भएर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।