एक दिनमा ४०३ जनामा कोरोना पुष्टि, देशभरमा नमुना परिक्षणकाे कुल संख्या २० लाख भन्दा बढि

Jan 14, 2021 06:04 PM Merolagani

एक दिनमा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा भएको पाँच हजार ३२ परीक्षणमा सो पुष्टि भएको हो । हालसम्म कुल दुई लाख ६६ हजार ५४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

बिहीबार ६ जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ भने तथ्यांक अनुसार कुल एक हजार ९४३ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा कोरोनामुक्त हुने ४०५ जना छन् र मुलुकमा कुल दुई लाख ६० हजार १७७ जनाले संक्रमण जितिसकेका छन् ।

यस दिन थपिएका संक्रमितहरुमध्ये काठमाडौंका २२० जना, ललितपुरका २३ जना र भक्तपुरका तीन जना गरी उपत्यकाका २४६ जना रहेका छन् ।

हाल क्वारेन्टिनमा २३१ जना, सक्रिय संक्रमण भएका चार हजार ४२६ जना र संस्थागत आइसोलेसनमा एक हजार १२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

अहिलेसम्म नेपालमा कुल २० लाख दुई हजार ४१ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।