सुनचाँदीकाे भाउमा उतार चढाव कायमै, शुक्रबारकाे मूल्य कति?

Jan 15, 2021 01:18 PM Merolagani

माघ १ गते घटेको सुनको मूल्य माघ २ गते बढेको छ। शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढोत्तरी भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। माघ महिनाको पहिलो दिन सुनको भाउ ओरालो लागेर प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार उकालो लागेको छ। यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेकाे छ। बिहीबार चाँदीको भाउ १५ रुपैयाँले नै घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।