यही निर्जीवन बीमा उपसमूहका कम्पनीहरुमध्येकै एक कम्पनी हाे: लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) । पछिल्लो समय निरन्तर उकालो लागिरहेको यस इन्स्योरेन्सको शेयरमूल्य गत बुधबार तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको थियो। गत बुधबार यस इन्स्योरेन्सको शेयर ६६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यद्यपि, सो दिन इन्स्योरेन्सको शेयर ६७८ रुपैयाँसम्म कारोबार भएको थियो।
आगामी कारोबार दिन यस इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा ७२० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, शेयरमूल्य ओरालो लागेमा भने ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।
इन्स्योरेन्सको शेयरमूल्यमा गत साता गोल्डेन क्रसओभर देखिएको थियो। इन्स्योरेन्सको ५ दिने इएमए र २० दिने इएमएले यस्तो क्रसओभर बनाएको हो। यस क्रसओभर बनेदेखि इन्स्योरेन्सको शेयरमूल्य अधिकांश दिनहरुमा बढेको छ।
शेयरमूल्य जस्तै इन्स्योरेन्सको भोल्यूम पनि पछिल्ला दिनहरुमा बढ्दो क्रममा रहेको छ। यस साता इन्योरेन्सको दैनिक औषतमा १ लाख ९ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्यूम ८० हजार ५०९ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको औषत भोल्यूम ३६.०३ प्रतिशत बढी छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले ४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले १९ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ। १ अर्ब १४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ५ लाख रुपैयाँ र बीमा कोषमा ६६ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।
सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.११ गुणा छ भने बुकभ्यालु १२२ रुपैयाँ ८१ पैसा छ।
साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको १४ दिने आरएसआई ७१.२६ स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले बिक्रीचापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ।
नेप्सेमा १ करोड १४ लाख १८ हजार कित्ता शेयर सूचीकृत रहेको यस इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य ६६३ रुपैयाँ छ भने न्यून मूल्य ३३४ रुपैयाँ छ। त्यसैगरी, इन्स्योरेन्सको १८० दिनको औषत शेयरमूल्य ५३९ रुपैयाँ २४ पैसा रहेको छ। बुधबारको अन्तिम कारोबार मूल्यका आधारमा इन्स्योरेन्सको कुल बजार पूँजीकरण ७ अर्ब ५७ करोड १ लाख ३४ हजार रुपैयाँ रहेको छ।
फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रीम ग्रीड जोनमा रहेको छ। यसले इन्स्योरेन्सको शेयर खरिदबिक्री गर्दा राम्रोसँग विश्लेषण गरी मात्र गर्नुपर्ने संकेत गर्दछ।
(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।)