भारतका १० ठूला कम्पनीमध्ये ४ को बजार पूँजीकरण १.१५ ट्रिलियन रुपैयाँ बढ्यो, आरआईएल सबैभन्दा अगाडि

Jan 24, 2021 01:31 PM Money Bhaskar



व्यवसायको हिसाबले भारतिय शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि गत हप्ता धेरै अस्थिर रह्यो। ११ हप्तादेखि निरन्तर बढीरहेको बजारमा गत साता ब्रेक लाग्यो। यस समयमा, बीएसई सेन्सेक्स सूचकांकले पहिलो पटक ५० हजारको रेकर्ड स्तर पार ग‍र्यो।

एक्सचेञ्ज डाटा अनुसार बजार क्यापका हिसाबले भारतका शीर्ष १० कम्पनीहरूमध्ये चारको मूल्य १.१५ लाख करोड अर्थात १.१५ त्रिलियन रुपैयाँ बढेको छ। जसमा रिलायन्स इण्डस्ट्रीज शीर्ष स्थानमा छ।

रिलायन्सको बजार पूँजीकरण सबैभन्दा धेरै बढ्यो

डाटाका अनुसार रिलायन्सको मार्केट भ्यालु ७१ बिलियन रुपए बढेर १२.९९ ट्रिलियन पुगेको छ। यस बाहेक टीसीएस, हिन्दुस्तान युनिलिभर लिमिटेड र बजाज फाइनान्सको मार्केट भ्यालु पनि बढेको छ। यसमा टीसीएसको मार्टेक क्याप २६.१९ बिलियन रुपए बढेर १२.३९ ट्रिलियन पुगेको छ। हिन्दुस्तान युनिलिभरको मार्केट भ्यालु १३.३५ बिलियन रुपए बढेर ५.६५ ट्रिलियन पुगेको छ। त्यस्तै, बजाज फाइनान्सको बजार पूँजीकरण पनि ५.१७ बिलियन रुपए बढेर २.९९ ट्रिलियन पुगेको छ।

प्रमुख बैंकहरूको बजार पूँजीकरण घट्यो

अर्कोतिर एचडीएफसी बैंक, एचडीएफसी, आईसीआईसीआई बैंक, इन्फोसिस, कोटक महिन्द्रा बैंक र भारती एयरटेलको बजार पूँजीकरण घटेको छ। यसमा भारती एयरटेलको मूल्य सबैभन्दा बढी घटेको छ। सो कम्पनीको बजार पूँजीकरण १३.९९ ट्रिलियन रुपए घटेर ३.१४ ट्रिलियन सीमित भएको छ। एचडीएफसी बैंकको बजार क्याप पनि १२.५० बिलियन रुपए घटेको छ। शुक्रबार बजार बन्द भएपछि साे कम्पनीको बजार मूल्य ७.९५ ट्रिलियनभएको छ।

आईसीआईसीआई बैंकको बजार पूँजीकरण ६.३७ बिलियन घट्यो

एचडीएफसीको बजार पूँजीकरण ७.६७ बिलियन रुपए घटेर ४.६६ ट्रिलियनमा झरेकाे छ। कोटक बैंकको बजार पूँजीकरण ६.४१ बिलियन रुपए घटेर ३.६२ ट्रिलियनमा झरेको छ। त्यस्तै, आईसीआईसीआई बैंकको बजार पूँजीकरण ६.३७ बिलियन रुपए घटेर ३.६८ ट्रिलियनमा सीमित भएको छ। यता, इन्फोसिसको बजार पूँजीकरण पनि १.९८ बिलियन रुपए घटेर ५.७० ट्रिलियनमा झरेको छ।

रिलायन्स इण्डस्ट्रीज फेरि एकपटक देशको सबैभन्दा ठूलो कम्पनी

एक्सचेञ्ज डाटाका अनुसार, बजार पूँजीकरणको हिसाबले रिलायन्स इण्डस्ट्रीज देशको सबैभन्दा ठूलो कम्पनी बनेको छ। यसपछि टीसीएस, एचडीएफसी बैंक, इन्फोसिस, हिन्दुस्तान युनिलिभर, एचडीएफसी, आईसीआईसीआई बैंक, कोटक महिन्द्रा बैंक, भारती एयरटेल र बजाज फाइनान्स छन्।
(मनी भास्करबाट अनुवादित)




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।