अब शेयरजस्तै स्पट गोल्डमा पनि कारोबार गर्न सकिने, सेबीले माग्यो सर्वसाधारणको विचार

May 21, 2021 02:36 PM Merolagani

भारतीय सेक्यूरिटी र एक्सचेञ्ज बोर्ड (सेबी) ले स्पट गोल्ड एक्सचेञ्ज शुरू गर्न तयारी गर्दैछ। यसका लागि, उसले सम्बन्धित सबै व्यक्तिबाट राय लिएको छ। यस स्पट गोल्ड एक्सचेञ्जमा खुद्रा लगानीकर्ताहरू, बैंकहरू, विदेशी लगानीकर्ताहरू र ज्वेलर्सहरूका साथै अरू सबैसँग व्यापार गर्न सक्षम हुनेछन्।

सेक्यूरिटीजको रूपमा नोटिफाइ गरिएको

यसमा नयाँ इन्स्ट्रुमेन्ट इलेक्ट्रोनिक गोल्ड रिसेप्ट (ईजीआर) मार्फत कारोबार गर्न सकिन्छ। यसलाई सेक्यूरिटीको रूपमा नोटिफाइ गरिएको छ। यसको सेटलमेन्ट टि + १ अर्थात व्यापारको एक दिन पछि हुनेछ। यो सेटलमेन्ट त्यस्तै हुनेछ जुन स्टकमा छ। सेबीले सोमबार यस सम्बन्धमा एक परामर्श पत्र जारी गरेको छ जसमा उसले राय मागेको छ। सेबीले भनेको छ कि यस सम्बन्धमा सुनको बजारका सबै मुद्दाहरुमा जुन १८ सम्म सबै सम्बन्धित पक्षबाट राय लिएको छ।

यसमा ईजीआर व्यवसाय, सेटलमेन्ट, ट्याक्सन र भल्ट म्यानेजरहरूको नियमनसँग सम्बन्धित मुद्दाहरू समावेश गर्दछ। यी व्यक्तिहरूले ईजीआर जारी गर्नेछन्।

मूल्य सेट गर्न योजना

भारतमा एक गोल्ड एक्सचेञ्ज शुरु गर्नुको उद्देश्य मूल्य निर्धारित गर्नु हो। जबकि अहिलेसम्म, भारत एक मूल्य लिने रूपमा रहेको छ। साथै यस मार्फत स्वदेशी गोल्ड डेलिभरी मानक स्थापना गर्नुपर्नेछ जुन लन्डन बुलियन मार्केट एसोसिएसनले मान्यता दिएका गोल्ड बारहरूसँग मिल्दोजुल्दो छ। हालसम्म भारत सुनको खपतमा दोस्रो स्थानमा छ। चीन पहिलो स्थानमा छ। तर विश्वव्यापी बजारमा भारत अझै पनि मूल्य निर्वाहकर्ता हो।

पारदर्शिता बढ्ने आशा

प्रस्तावित गोल्ड एक्सचेञ्जले सुन लेनदेनमा पारदर्शिता बढाउनेछ र दोस्रो पछि गएर भारत वस्तुको मूल्य निर्धारणमा संलग्न हुन सक्छ। सेबीले मान्यता प्राप्त वा नयाँ एक्सचेञ्जमा सुनको कारोबारको मूल्याङ्कन संयन्त्र स्थापना गर्न दुई कार्य समूह गठन गरेको थियो। सो समूहले २७ अप्रिलमा आफ्नो प्रतिवेदन पेश गरेको थियो।

तीन चरणमा विभाजित

यो व्यापार तीन चरणमा विभाजित गरिएको छ। पहिलो चरणमा, यदि कुनै कम्पनी जो स्थानीय उत्पादन गर्ने वा एक्सचेन्ज प्लेटफर्ममा सुन वितरण गर्न इच्छुक छ भने उसले सेबी रेगुलेटेड भोल्ट प्रबन्धकमा जानु पर्नेछ र, गुणस्तर र मात्रा दुवै मापदण्डमा योग्य हुने भौतिक सुन बुझाउनु पर्छ। दोस्रो चरणमा, भल्ट प्रबन्धकले एक्सचेञ्जमा ट्रेडिंगको लागि ईजीआर जारी गर्नेछ।

मालिकले भल्ट प्रबन्धकलाई ईजीआर दिनेछ

जो कोही यसको लाभदायक मालिक हुनेछ, त्यो ईजीआर भल्ट प्रबन्धकलाई दिनेछ र तेस्रो चरणमा यसले सुनको डेलिभरी लिनेछ। यसका लागि भोल्ट प्रबन्धक, डिपोजिटरी, क्लियरिङ्ग कर्पोरेशन र स्टक एक्सचेन्ज बीच साझा ईन्टरफेस विकसित गरिनेछ। यो तीन चरणहरूमा जति पनि कारोबार हुन्छ, त्यसले व्यवसायलाई सजिलो हुने बनाउँदछ। यो एक आईएसआईएन कोड जारी गरिनेछ। यो कोड जारी भइसकेपछि ईजीआर एक्सचेन्जमा ट्रेडिंगका लागि तयार हुनेछ।

मूल्य फरक फरक हुनेछ

इलेक्ट्रोनिक गोल्ड रिसेप्ट्स (ईजीआर) अन्तर्गत, सुनको विभिन्न प्रस्तावित मूल्य जस्तै, एक किलोग्राम, १०० ग्राम, ५० ग्रामको हुनेछ र केही सर्तहरूको साथ तिनीहरूलाई ५ र १० ग्राम पनि राख्न सकिन्छ। दोस्रो चरणमा ईजीआरको सूचना डिपोजिटरीसँग भेटेपछि एक्सचेञ्जमा सूचीकरण त्यसपछि ट्रेडिंग क्लियरिंग कर्पोरेशन, एक्सचेञ्जमा ट्रेड भएको ईजीआरको शेयरको रूपमा सेटलमेन्ट गरिनेछ।

भौतिक सुन चाहिएमा ईजीआरलाई भल्टमा समर्पण गर्नुपर्ने

तेस्रो चरणमा, यदि कोही भौतिक सुन चाहन्छ भने, ईजीआरलाई भल्टमा समर्पण गर्नुपर्नेछ। भल्ट प्रबन्धकले ईजीआर लिन्छ र ग्राहकलाई भौतिक सुन दिन्छ। ईजीआर तुरून्त त्यही रद्द हुनेछ। रद्द गरिएको ईजीआरको सूचना एक्सचेञ्ज, डिपोजिटरी, क्लियरिङ्ग कर्पमा पनि जान्छ। यदि त्यहाँ वितरित सुनको गुणवत्ता बारे विवाद भएमा, स्वतन्त्र एजेन्सीको रिपोर्ट मान्य हुनेछ।

जताबाट पनि जम्मा र फिर्ता सुविधा

यसमा अन्तरक्रियात्मकता पनि छ। अर्थात, यसले कहिँ पनि जम्मा गर्ने सुविधा र कहिँ पनि फिर्ता लिन मद्दत पु¥याउँछ। उही आकारको ईजीआर साटासाट गर्न सहयोग पु¥याउने प्रस्ताव पनि छ। यो भौतिक सुनको उपलब्धतामा निर्भर गर्दछ र यसले खरीददारहरूको लागि लागत कम गर्दछ। ईजीआरलाई बाँकी सेक्युरिटीज जस्तै एसटिटि चार्ज गरिनेछ। ईजीआरलाई भौतिक सुनमा रूपान्तरण गर्दा जीएसटी लगाईनेछ। एकभन्दा बढी राज्य बीचको सम्झौतामा आईजीएसटीको सुझाव पनि दिइएको छ।

(मनी भास्करबाट अनुवादित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।