नेपाल लाइफ सहित एक दर्जन कम्पनीको बोनस शेयर बीस दिन भित्रै लगानीकर्ताको खातामा आउने

Jun 14, 2021 03:37 PM merolagani

वार्षिक साधारणसभा गरेको लामो समय भएका तर बोनस शेयर लगानीकर्ताको खातामा आइनसकेका नेपाल लाइफ सहित एक दर्जन कम्पनीको बोनस शेयर २० दिन भित्रमा लगानीकर्ताको खातामा आउने भएको छ । वार्षिक साधारणसभा गरिसकेका तर बिभिन्न कारणले बोनस शेयर बितरण गर्न ढिला भएका ती कम्पनीको बोनस शेयर छिट्टै लगानीकर्ताको खातामा आउने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार, वार्षिक साधारणसभा गरिसकेका तर बोनस शेयर लगानीकर्ताको खातामा पठाइ नसकेका कम्पनीहरु करिव दुई दर्जनको संख्यामा रहेका छन् । ती मध्ये अधिकांश कम्पनीहरुले नगद लाभांश लगानीकर्ताको खातामा पठाइसकेका भएपनि बोनस शेयर भने बिभिन्न कारणले लगानीकर्ताको खातामा पठाउन सकेका छैनन् । अब भने लगानीकर्ताको खातामा बोनस शेयर छिट्टै आउने भएको छ ।

नेपाल लाइफको बोनस शेयर अबको २० दिन भित्र लगानीकर्ताको खातामा आउने भएको छ । बोनस शेयर पाउनका लागि लगानीकर्ताले अब धेरै लामो प्रतिक्षा गर्नु नपर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक कर्मचारीले बताए । ‘नेपाल लाइफको शेयर टुक्राउने कार्यले गर्दा बोनस शेयर बितरणमा ढिलाइ भएको हो,’ उनले भने, ‘त्यो कार्य अबको १५ दिनमा त्यो काम सकिने र त्यस लगतै बोनस शेयर वितरणको कार्य थालिने छ ।’

नेपाल लाइफ इन्स्योरेन्सले माघको अन्तिम साता २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस लाभांश र २० प्रतिशत नगद (कर सहित) लाभांश पारित गरेको थियो ।

नेपाल लाइफले साधारणसभा गरेको पनि चार महिना भइसकेको छ । यसबीचमा उक्त कम्पनीले नगद लाभांश लगानीकर्ताको खातामा राखि दिएपनि बोनस शेयर भने अझै लगानीकर्ताको खातमा राखि दिएको छैन् ।

अहिले पनि लगानीकर्ताले नेपाल लाइफको बोनस शेयर कहिले आउँछ भनेर प्रतिक्षा गरिरहेका छन् । एक लगानीकर्ताले अर्को लगानीकर्ताले नेपाल लाइफको बोनस कहिले खातामा आउछ भनेर सोध्ने गरेका छन् । तर, कुनै पनि लगानीकर्ताले कहिले बोनस शेयर खातामा आइपुग्छ भनेर भन्न सकिरहेका थिएनन् ।

तर, अब भने लगानीकर्ताले नेपाल लाइफको बोनस शेयर पाउन धेरै प्रतिक्षा गर्नु नपर्ने भएको छ । उक्त कम्पनीले अबको २० दिन भित्र लगानीकर्ताको खातामा बोनस शेयर राखि दिने भएको छ ।

नेपाल लाइफजस्तै अन्य कम्पनी जसले वार्षिक साधारणसभा गरिसकेका छन् । ती कम्पनीको बोनस शेयर पनि ढिलोमा यही महिना भित्र आउने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार, वार्षिक साधारणसभा सम्पन्न भएको ३० दिनदेखि ४५ दिन सम्ममा लगानीकर्ताको खातामा आउने गर्छन् । तर, नेपाल लाइफ जस्तै अन्य कम्पनीको पनि बिभिन्न कारणले बोनस शेयर लगानीकर्ताको खातामा आउन ढिला हुने गरेको बोर्डको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता रुपेश केसीले कम्पनी रजिष्टारको कार्यालयबाट पुँजी बृद्धिको स्वीकृत लिनु पर्ने भएकाले पनि केही कम्पनीको बोनस शेयर लगानीकर्ताको खातामा पठाउन ढिला हुने गरेको बताए । तर, अन्य कम्पनीको भने साधारणसभा भएको ४५ दिन भित्रमा बोनस शेयर लगानीकर्ताको खातामा आइसक्ने उनको भनाइ छ ।

सामान्यतया आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र वार्षिक साधारणसभा गर्नु पर्ने हुन्छ । आर्थिक वर्ष सकिएसँगै सम्बन्धित कम्पनीको सञ्चालक समितिको बैठकद्धारा छलफल गरी नाफाको आधारमा लाभांश घोषणा गर्ने गर्छन् । त्यसरी घोषणा गरिएको लाभांशको स्वीकृतका लागि नियमन गर्ने निकायमा पठाउने गर्छन् ।

नियमन गर्ने निकायले लाभांश वितरण गर्न स्वीकृत दिएपछि उक्त प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गराउने गरिन्छ । त्यसरी पारित भएको लाभांश सम्बन्धित कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने गर्छन् ।

त्यसरी वितरण गरिएको लाभाशं मध्ये नगद लाभांश सम्वन्धित कम्पनीले लगानीकर्ताको खातामा छिटो पठाउने भएपनि बोनस लाभांश भने केही ढिलो पठाउने गरेका छन् । तर, केही कम्पनीको बोनस लाभांश प्राप्त गर्न साधारणसभा सकिएपछि पनि चारदेखि पाँच महिना नै कुर्नु पर्ने हुन्छ ।

यस्तो ढिलाइले लगानीकर्तालाई समयमा नै उक्त बोनस शेयर बिक्री समस्या पर्ने गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।