यूराेकपकाे नतिजा मिलाउने खेलप्रेमीका लागि लक्ष्मी बैंकले ल्यायाे ‘गोल प्रेडिक्ट एन्ड विन’ याेजना, उपहार यस्ताे छ

Jun 16, 2021 12:15 PM merolagani

लक्ष्मी बैंकले मोबाइल मनि प्रेडिक्ट एन्ड विन योजना सार्वजनिक गरेको छ ।युरो कप २०२१ संचालन भइरहेको अहिलेको अवस्थामा लक्ष्मी बैंकले  खेल पारखीहरुलाई मध्यनजरमा राखेर उत्साह थप्न बैंकले एफवान सफ्टसँगको सहकार्यमा ‘गोल प्रेडिक्ट एन्ड विन’ योजना ल्याएको हो ।

यो योजना युरो कप २०२१ सुरु भएको दिनदेखि अर्थात जुन ११ देखि सुरु भएको बैंकले जनाएको छ । यो योजना युरो कपको अन्त्यसम्म अर्थात अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैंकले जनाएको छ ।

यस योजनामा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्षको इन्टरनेट सुविधा पाउन सक्ने छन् ।योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाइल मनिका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् । 

मोबाइल मनिको फोन–पे वा अन्तर बैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । 

योजनाको अवधि पछि युरो कपको विजेता देशको सही अनुमान गर्ने ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।