लगातार घटेको सुनको भाउमा सोमबार सामान्य बृद्धि, चाँदीको पनि बढ्यो

Jun 21, 2021 11:27 AM Merolagani

असार लागेदेखि लगातार घट्दै आएको सुन तथा चाँदीको भाउ सोमबार समान्य बढेको छ। यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो।

असार लागेपछि नै सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले र चाँदीको तोलामा ७५ रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भएको थियो।

comments powered by Disqus