१५० प्रतिशतसम्म बढेको बजारमा सामान्य ‘करेक्सन’ आउदा आत्ती हाल्नु पर्दैन

Jun 21, 2021 06:46 PM merolagani

विष्णु बस्याल

पछिल्लो समय छोटो समयका लागि शेयर बजारमा लगानी गर्नु केही जोखिम (रिक्स) हो कि भन्ने देखिएको छ । अलिकति छिटो किनेर छिटो बिक्री गर्न सक्ने ‘टेर्डर’ लाई बाहेक २, ३ महिनामा नै कमाउँछु भन्नेका लागि बजारमा लगानी गर्दा सोच्नु पर्ने बेला आएको छ ।

 अलिकति लामो समयका लागि लगानी गर्ने हो भने त त्यसका लागि चिन्ता गर्नु पर्ने अवस्था देखिदैन । करिव १ वर्षयता देखिको लकडाउनमा १० प्रतिशतको ‘करेक्सन’ आएको कहिले पनि देखिएको छैनौं । करेक्सन भएपनि छिटो हुने र ‘रिकोभर’ भइहाल्ने गरेको छ । अलि लामो समय लिएर करेक्सन भएको देखिएको छैन् ।

गत फेब्रुअरीदेखि मे सम्म शेयर बजारमा केही करेक्सन आए पनि ठूलो प्रतिशतको करेक्सन निकै कम थियो । कहिले काही करेक्सन आउँदा पनि सानेतिनो करेक्सन हुने, छोटो समयका लागि हुने तर लामो समयका लागि करेक्सन हुने खालको प्रवृत्ति बजारमा देखिएको छैन ।

सन् २०१२ देखि २०१६ को बजारलाई हेर्ने हो भने तीन महिनामा २० प्रतिशतसम्मको करेक्सन भएको थियो । त्यो हिसाबले हेर्दा अहिले धेरै ठूलो करेक्सन नआएको हुनाले त्यो करेक्सनको अपेक्षा गर्न भने सकिन्छ ।

विगतमा भएका करेक्सनलाई हेर्ने हो भने २० प्रतिशतसम्मको करेक्सन आउन सक्ने सम्भावना देखिन्छ । त्यो आइसकेपछि मात्र बजारले एउटा स्वभाविक रुपमले गति लिन सक्छ । करेक्सनकोे हुन सक्ने सम्भावना अहिले आएर प्रवल रुपमा देखिएको छ ।

अहिले पनि राम्रो कम्पनी छानेर लामो समयका लागि शेयर खरिद सकिएको खण्डमा फाइदा नै हुन्छ । ‘बुल’ मार्केटलाई ‘मिस’ गर्छु कि भन्ने लाग्छ भने यो बेलामा अलिकति ‘हाइ बिट स्टक’ बाट ‘लो बिट स्टक’ मा सिफ्ट गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।

अहिले ‘लो बिट स्टक’ भनेको बैंकहरुको शेयर नै हुन् । त्यसकारणले अहिले ‘लो बिट स्टक’ भएका बैंकहरुको शेयर खरिद गर्न सकिन्छ । त्यसैगरी, माइक्रोफाइनान्स कम्पनीका शेयरहरु धेरै ‘लो बिट स्टक’ त होइनन् तर, तीन चार महिनादेखि अरुको तुलनामा ती कम्पनीको शेयर पनि खासै बढेको छैन् । माइक्रोफाइनान्स कम्पनीको पनि शेयर खरिद गर्न सकिन्छ ।

अहिले बैंकहरु र माइक्रोफाइनान्सको तुलनात्मक रुपमा बढी सुरक्षित देखिएका छन् । अरु सेक्टरका कम्पनीहरुको शेयर पछिल्लो तीन महिनामा बैंक र माइक्रोफाइनान्सको तुलनामा धेरै बढी सकेका छन् ।

कतिपय जलविद्युत कम्पनी र विकास बैंकहरुको शेयर त १५० देखि २०० प्रतिशतसम्म बढेका छन् । त्यहाँ करेक्सन आउँदा अलि ठूलो नै आउन सक्ने सम्भावना बढी देखिन्छ । यस्तो अवस्थामा केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने तयारी थालेको छ ।

राष्ट्र बैंकले मूल्य बृद्धि, आर्थिक बृद्धि, लगानीयोग्य रकम (तरलता)को स्थितिलगायत हेरेर नै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने नै छ । बैंक तथा वित्तीय संस्थाहरु कति जोखिममा छन् । त्यो सबै हेरेर मौद्रिक नीति ल्याउने छ ।

नेपाल राष्ट्र बैंकमा अहिलेको वित्तीय अवस्थालाई अध्ययन गर्न सक्ने बिज्ञहरुको कमी छैन। उनीहरुले अहिलेको अवस्थालाई मध्यनजर गरेर मौद्रिक नीति ल्याउने छन् ।

पछिल्लो समय विश्वको शेयर बजारलाई हेर्ने हो भने उकालो लागेको छ । छिमेकी मुलुक भारतको शेयर बजार हेर्ने हो भने पनि शेयर बजार बढेको छ । विश्वका शेयर बजार ‘टु फाष्ट टु क्विक’ बढेको छन् ।

स्वभाविक रुपले शेयर बजार बढेकाले ‘कन्ट्राेल’ को नीति ल्याउने सम्भावना बढेको छ । नियामक निकायको साइकोलोजीले कसरी ‘प्ले’ गरेको छ, त्यसले पनि फरक पार्छ ।

जहाँसम्म नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ‘एक्पान्सरी’ ल्याउने सम्भावना देखिएको छ । मौद्रिक नीतिबाट आतिहाल्नु पर्ने अवस्था त छैन । तर, ‘स्पाकुलेटिभ एक्टिभिटीज’ लाई नियन्त्रण गर्नका लागि केही न केही गर्न सक्ने अवस्था छ ।

केन्द्रीय बैंकको साइकोलोजी र डाटाले सपाेर्ट गर्ने खालको मौद्रिक नीति ल्याउने अनुमान गरिएको छ । जहाँसम्म शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा बढी गएको छ कि छैन भन्ने सबाल छ । मार्जिन कर्जाको डाटालाई हेर्ने हो भने शेयर बजारमा त्यति धेरै रकम गएको देखिदैन।

तर, अरु प्रकृतिबाट शेयर बजारमा कर्जा गएको छ कि भनेर हेर्नु पर्ने हुन्छ । ओभरडाफ्ट, घर धितो राखेर ऋण लिने अनि शेयर बजारमा लगानी गर्ने, सहकारी वा अन्य तरिकाबाट शेयर बजारमा रकम गएको छ कि छैन भनेर हेर्नु पर्छ । यी खालका कुरामा केन्द्रीय बैंकको ‘अब्जरभेसन’ हुन सक्छ ।

यसभन्दा अघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा हुँदा पनि शेयर बजारमा बढी ऋण गयो कि भन्ने आंशका केन्द्रीय बैंकले गरेको पाइन्छ । उसको साइकोलोजीलाई नै ‘रिड’ गर्ने हो । यसअघिका मौद्रिक नीतिमा पनि शेयर बजारलाई अलि टाइट गर्नु पर्छ भन्ने साइकोलोजी देखिन्थ्यो । त्यसले गर्दा अलिकति टाइट गर्न सक्ने खालको मौद्रिक नीति आउन सक्ने हो कि भन्ने अन्दाज गर्न सकिन्छ । पछिल्लो समयको केन्द्रीय बैंकको साइकोलोजी हेर्दा त्यो आभास देखिएको छ ।

अब जहाँसम्म शेयर बजार घट्छ कि बढ्छ भन्ने सबाल छ । बजार घट्नु पर्ने वा बढ्नु पर्ने भन्दा पनि प्रोफिट बुकिङका चरण पनि हुन्छन् । सन् २००४ देखि २००८ बुल अर्कै खालको थियो । त्यो बुलमा धेरै जनाको सहभागिता थिएन् । नियन्त्रित बजार थियो ।

त्यसपछि आएको २०१२ देखि २०१६ सम्मको बुललाई हेर्ने हो भने बीच बीचमा राम्रै र केही समय लिएर आएका करेक्सन छन् । हामीले बिगतका बुल र त्यसपछिका करेक्सनलाई हेर्ने हो भने पनि अहिले पनि ठूलो करेक्सन हुन सक्छ ।

शेयर कारोबार अनलाइनबाट कारोबार हुन थाल्यो, सहभागीता बढेकाले बजार झन झन माथि जान्छ । तल आउदैन भन्ने चाहि होइन् ।

बजारमा दुई खाले लगानीकर्ता हुन्छन् । पुराना र ठूला लगानीकर्ता सानो तिनो करेक्सनमा पनि डराउँदैनन् । तर नयाँ लगानीकर्ता बजारमा सानो तिनो करेक्सन आउँदा पनि डराइ हाल्ने गर्छन् । नयाँ लगानीकर्ता सानो तिनो करेक्सन आउँदा बित्तीकै डराएर फ्याकी हाल्ने गर्छन् । शेयर बजार अलिकति माथि जादा पनि भोली दिन नै आउँदैन भनेर झै गरेर हौसिएर किन्ने गर्छन् ।

बजार अहिले चार दिनदेखि ओरालो लागेको छ । यो चार दिनमा अलिकति बजार ओरालो लाग्दा पनि डर र क्रास लगानीकर्तामा देखिएको छ । जबकि यो करेक्सन भनेको केही पनि होइन् । यो त एउटा सामान्य बजार उत्तार चढावको प्रक्रियामा पर्छ । यो त नियमित प्रक्रिया नै हो ।

४ दिनको करेक्सन ठूलो कुरा होइन् । यतिमा नै लगानीकर्ताहरु आत्तिएकाे देखिन्छ । नयाँ लगानीकर्ता बियरिस र बुल मार्केटमा पनि त्यही अनुसारको तत्कालै रियाक्सन जनाउने गर्छन् ।

सन् २०१२ देखि २०१६ सम्मको बुल मार्केटमा ५५ प्रतिशतसम्म बजार बढेको थियो । तर, अहिले बजार बढेर १५० प्रतिशतसम्म पुगेको थियो । छोटो समयमा नै लगभग तीन गुणा भन्दा बढी बजार बढी सकेको छ । त्यत्रो बढेको बजारमा सामान्य करेक्सन आउँदा पनि आत्तिहाल्नु पर्ने अवस्था छैन।

बढेको बजारमा २० प्रतिशत करेक्सन आउँदा पनि ११० प्रतिशत त अझै बढेको हुन्छ । यसलाई समान्य रुपमा लिनुपर्छ । केही लगानीकर्ताले सानो तिनो करेक्सनमा पनि छिटो रियाक्सन जनाउने गर्छन् । त्यसरी छिटो रियाक्सन जनाउनु पर्ने कारण छैन् ।

जहासम्म बैंकको ब्याजदर छ । तत्कालका लागि त्यति धेरै बढ्ने अवस्था छैन् । पहिलाको जस्तो १२,१४ प्रतिशत पुग्ने स्थिति चाढै आउने सक्ने सम्भावना देखिएको छैन् । ब्याजदरमा सामान्य उत्तार चढाव आउन सक्छ । यस्ता खालको कुराहरु भइरहन्छन् । यसबाट बिचलित हुनु पर्ने स्थिति देखिदैन् ।

निकै बढेको शेयर बजारमा सामान्य करेक्सन आउनुलाई स्वभाविक रुपमा लिनु पर्छ । यसले बजारलाई ‘हेल्दी’ बनाउने काम गर्छ । करेक्सन आउनु शेयर बजारका लागि स्वस्थ्यताको संकेत हो ।

(शेयर बिश्लेषक बस्यालसँग विष्णु बेल्वासेले गरेको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।