आइएमई लाइफको आईपीओ निष्काशन प्रकृया अघि बढ्याे, केयर नेपालको ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग

Jun 21, 2021 06:19 PM Merolagani

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी (IMELIFE) ले सर्वसाधारणलाई निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को रेटिङ्ग गराएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो ।

यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ ।

रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्तभए पछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्ने जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।