नागरिक लगानी कोष र नेपाल एग्रोको मूल्य समायोजन

Jun 22, 2021 09:20 AM Merolagani

असार ८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो।

नेप्सेले नागरिक लगानी कोष (CIT) को ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कोषको मूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, नेपाल एग्रो (NAGRO) को यस दिन १४ प्रतिशत बोनस समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ५४९ रुपैयाँ कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा कोषको शेयर प्रतिकित्ता ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने नेपाल एग्रोको ६२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असार १८ गते साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल एग्रोले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने तथा इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न असार २१ गते नै साधारण सभा बोलाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।