कारोना भाइरस संक्रमण दर उकालो लाग्याे, थप ३८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

Jul 28, 2021 04:43 PM merolagani

पछिल्लो २४ घण्टामा देशभर थप देशभर ३८४० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर र एन्टिजेन विधिबाट गरिएको कुल १५ हजार ८०८ जनाको परिक्षणमा ३८४० जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै पछिल्ला केही दिनदेखि नेपालमा कारोना भाइरस संक्रमण दर उकालो लागेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ हाजार ९५३ जना घर फर्किएका छन भने सोही समयमा ३३ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।

केहि दिनदेखि काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमण बढ्दै गएको तथ्याङ्कले देखाएको छ । बुधबार काठमाडौं उपत्यकाका तिनै जिल्लामा ८५९ जना कोरोना संक्रमित भेटिएका छन । हाल नेपालमा कोरोना संक्रमण दर २४ प्रतिशत रहेको छ ।

नेपालमा हालसम्म ७ लाख ४६ हजार ६५७ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ भने ६ लाख ५ हजार ९७२ निको भएर घर फर्किएका छन । मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार ७७२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।