धितोपत्र बाेर्डका अध्यक्ष ढुङ्गानालाई कारवाही गर्न कर्मचारी युनियनकाे माग

Aug 01, 2021 11:57 AM Merolagani

धितोपत्र बोर्डको कर्मचारी युनियनले बोर्ड अध्यक्षको इमान्दारिता,कानूनी प्रावधान,आचार संहिता अनुसार गम्भीर नैतिक पतन भएको भन्दै अध्यक्ष भिष्म ढुङ्गानालाई कारबाही गर्न माग गरेका छन्।

धितोपत्र ऐनको प्रारम्भिक खण्डको दफा २ परिभाषामा धितोपत्र र निष्काशन जस्ता शब्दको परिभाषाले संस्थापकलाई जारी गरिएको धितोपत्रलाई समेत जनाउने र बोर्डको कार्यक्षेत्र भित्रै पर्ने हुँदा, संचार माध्यममा आएका बिषयले बोर्ड अध्यक्षको इमान्दारिता,कानूनी प्रावधान, आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको देखिएको हुँदा, करिब ३८ लाख लगानीकर्ताको सम्पत्ति एवं झण्डै देशको कूल ग्राहस्थ उत्पादन बराबरको बजार पूँजीकरण भएको देशको धितोपत्र बजार संरक्षण गर्दै पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन, उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न युनियनले माग गरेको छ।

साथै युनियनले धितोपत्र ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानविन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न समेत माग गरेको छ।

"बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन हो," युनियनको विज्ञप्तिमा उल्लेख छ।


नेपाल धितोपत्र बोर्ड नेपालको पूँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा रहेको, नेपाल सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था हो। करिब देशको कूल ग्राहस्थ उत्पादन जत्तिको बजार पूँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशिल र लगानीकर्ताको हित संरक्षणमा उद्दत हुनुपर्ने युनियनले जनाएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७(२) मा अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात बर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरु मध्ये उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ भनेर उल्लेख गरिएकोमा अध्यक्षका रुपमा नियुक्त व्यक्तिले बोर्डको अध्यक्षका रुपमा रहदा आफ्नो लब्ध प्रतिष्ठा र बोर्डको गरिमालाई कायम राख्नु पर्ने संगठनको भनाई छ।

श्रावण १२ गते हिमाल खबर प्रत्रिका मार्फत शुरुमा र अन्य समाचार माध्यमबाट प्रकाशित समाचारहरु र सोही परिप्रेक्षमा अर्थ मन्त्रालयबाट बोर्डको नाममा स्पष्ट गरी पठाउने बारे भनेर साउन १३ मा लेखिएको पत्रका सम्बन्धमा सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा समेत यूनियनको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ। धितोपत्र ऐन २०६३ को प्रस्तावना मै उल्लेख गरिए अनुसार पूँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणको मुल मर्म अनुसार बोर्डको नेतृत्व एवं संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नरहेको युनियनको भनाई छ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।