गत असार मसान्तसम्ममा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.२२ प्रतिशत कम हो।
कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि बिक्री लागत बढेका कारण खुद नाफा घट्न पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८० प्रतिशत बढेको छ भने कुल नाफा १.८० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष २.२७ प्रतिशत बढेको छ।
खुद नाफा घटेपछि कम्पनीको ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ १४ पैसा घटेर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४५५ रुपेयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७३.५९ गुणा रहेको छ।
