शिवम् सिमेन्ट्सको नाफा बढ्यो, ईपीएस कति?

Aug 16, 2021 06:18 AM Merolagani



शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशत बढी हो। बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.७३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ७ प्रतिशत बढेको छ भने कुल खर्च ४.७७ प्रतिशत बढेको छ।

४ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ६.८० प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९३ पैसा बढेर ३१ रुपैयाँ ६८ पैसा पुगेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।